नाइजेरियाली सैन्य कारबाहीमा ४३ अतिवादी मारिए

अबुजा, नाइजेरियामा ४३ जना अतिवादी हतियारधारीहरु सैन्य कारबाहीमा मारिएका छन्। गत तीन हप्तादेखि नाइजेरियाली सेनाले जारी राखेको कारबाहीका क्रममा नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ती हतियारधारी मारिएको बताइएको छ।

नाइजेरियाली सेनाले केही हप्तादेखि सो क्षेत्रमा आतंकवादी समूहका विरुद्धमा विशेष कारबाही अभियान सञ्चालन गरेको छ। नाइजेरियाली सेनाका प्रवक्ता वर्नाड ओनियकुले सो क्षेत्रमा सेनाले गत केही हप्तादेखि कारबाही जारी राखेको जनाएका छन्।

यस क्रममा गएको तीन हप्तादेखि मात्र ४३ जना अतिवादी हतियारधारी मारिएका हुन् । साथै सेनाले कम्तीमा २० जना हतियारधारीलाई पनि पक्राउ गरेको जनाएको छ।

त्यस्तै अपहरणमा परेका अरु ६३ जनालाई पनि सेनाले मुक्त गरेको छ ।उनीहरुलाई यहाँ आतंक मच्चाइरहेका हतियारधारीहरुले स्थानीयहरूलाई अपहरण गरी लगेका थिए । ती अपहरणकारीहरुलाई मुक्त गराइएको पनि सैनिक प्रवक्ता बर्नाडले जानकारी दिए। रासस/सिन्ह्वा





Comments

comments

50735