हङकङमा आज २१७ स्थानीय र २६ आयातित संक्रमित थपिए, नेपालबाट आएका एक जनामा ओमिक्रोन BA.2.12.1 देखियो …

एचकेनेपाल डट कम –

हङकङ, २० मे । हङकङमा आज कोभिड-१९ पुष्टि भएका कुल २४३ संक्रमित केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार २१७ स्थानीय र २६ आयातित गरी २४३ संक्रमित केसहरु थपिएका छन्।

आयातित केसहरुमा ८ जना ताइवान, क्यानडा, सिंगापुर, अमेरिका, भारत, फ्रान्स, यूएई, स्पेन र अष्ट्रेलियाबाट हङकङ आएका रहेका छन्। उनीहरु तोकिएको क्वारिन्टिन होटलमा परीक्षण गर्दा पोजेटिभ देखिएको हो। १७ जनामा एयरपोर्टको अस्थायी नमूना स्टेशनमा परीक्षण गर्दा पोजेटिभ देखिएको हो।

भर्खरै थपिएका ओमिक्रोन BA.2.12.1 का ११ केसहरूमा ६ पुरुष र ५ महिलाहरू रहेका छन्। उनीहरु १९ र ६५ वर्ष उमेर बीचका रहेका छन्। जसमध्ये ८ संयुक्त राज्य अमेरिकाबाट, १ टर्कीबाट, १ नेदरल्याण्ड्सबाट र १ नेपालबाट आएका रहेका छन्।

पाँचौं लहरमा मात्रै कोरोना संक्रमितको संख्या हङकङमा ११,९७,३०० पुगेको छ।

हङकङमा २४ घण्टाभित्र थप ४ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९,१५७ पुगेको छ।

२४ घण्टामा ६९ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।





Comments

comments

50740