गठबन्धन मूलभूत रूपमा सफल: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा गठबन्धन मूलभूत रूपमा सफल भएको बताएका छन्।

उनले मध्यपुरथिमिमा गठबन्धनको मर्मलाई पक्डिन सफल देखिएको भन्दै अगाडि थपे, ‘हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा सुरू गर्न खोजेको हो, मूलभूत रूपमा गठबन्धन सफल भएको हो।’

उनले यो गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचन र त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि लिएर जाने संकल्प गरिएको र त्यसमा गठबन्धनमा रहेको दल दृढ रहेको बताए।

मध्यपुरथिमि नगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट विजयी उम्मेदवारलाई आज आफ्नै निवास खुमलटारमा बधाई दिँदै उनले गठबन्धनलाई निरन्तर अगाडि बढाउने विश्वास दिलाए।

उनले विजयलाई विकास, समृद्धि र जनताको हितमा बदल्ने संकल्प गर्ने बेला भएको उल्लेख गरे।

अध्यक्ष दाहालले भने, ‘निर्वाचन अघि पनि जितेर आउने प्रतिबद्धता व्यक्त गरेर जानुभएको थियो, अहिले जितेर आउनुभएकामा तपाईंहरू सबैलाई बधाई र कार्यकालको शुभकामना छ।’ रासस





Comments

comments

50760
%d bloggers like this: