हङकङमा आज थप २१२ स्थानीय र १६ आयातित संक्रमित, BA.2.12.1 का १० केसहरू थपिए…

एचकेनेपाल डट कम –

हङकङ, २१ मे । हङकङमा आज कोभिड-१९ पुष्टि भएका कुल २२८ संक्रमित केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार २१२ स्थानीय र १६ आयातित गरी २२८ संक्रमित केसहरु थपिएका छन्। आयातित केसहरुमा अमेरिका, सिंगापुर, थाइल्याण्ड, भियतनाम, यूएई, इन्डोनेसिया, पनामा, फ्रान्स, रुस र स्पेनबाट आएका रहेका छन्।

हङकङमा आज थपिएका ओमिक्रोन BA.2.12.1 का १० केसहरूमा ५ पुरुष र ५ महिलाहरू रहेका छन्।

पाँचौं लहरमा मात्रै कोरोना संक्रमितको संख्या हङकङमा ११,९७,५२८ पुगेको छ।

हङकङमा २४ घण्टाभित्र कोरोनाबाट मृत्यु हुनेको संख्या थपिएको छैन। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म हङकङमा मृत्यु हुनेको कुल संख्या ९,१५७ पुगेको छ।

२४ घण्टामा ६८ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।





Comments

comments

50764