हङकङमा ओपन तेक्वान्दो च्याम्पियनशिप हुने

जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम-
हङकङ। हङकङ नेपाली तेक्वान्दो एसोसियसनले हङकङमा ओपन तेक्वान्दो च्याम्पियनशिप २०१५ आयोजना गर्ने भएको छ।

एसोसियसनले पत्रकार सम्मेलन गरी एसोसियसनको १३ औं वार्षिकोत्सवको अवसरमा ओपन तेक्वान्दो च्याम्पियनशिप २०१५ आयोजना गर्न लागेको मास्टर तुलसीकुमार गुरूङले जानकारी दिए।

जोर्डनस्थित मगर संघ हङकङको कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै एसोसियसनका अध्यक्षसमेत रहेका गुरूङले च्याम्पियनशिपमा हङकङ पुलिस क्लव, हङकङका बिभिन्न नेपाली तेक्वान्दो क्लवहरु, फिलिपिनो र चिनीयाँ गरी करीव ६०० जना सहभागी हुने छन्। च्याम्पियनशिप कोलुन पार्क स्पोर्ट सेन्टरमा २९ मार्च २०१५ मा हुने भएको छ। एसोसियसनले १३ औं हङकङ नेपाली ओपन तेक्वान्दो च्याम्पियनशिप २०१५ पछि पनि हरेक साल खेलाउने मास्टर तुलसी कुमार गुरुङले बताए।

फोटोः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम। थप फोटोहरू यहाँ छन्…





Comments

comments

5107