Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाल विश्वकपको प्रारम्भिक छनोटबाटै बाहिरियो

काठमाडौँ, चैत ३ – सन् २०१८ मा रुसको विश्वकप तथा २०१९ मा युएईमा हुने एसिया कपका लागि एसियाली छनोटअन्तर्गत दोस्रो लेगका लागि दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा नेपाल विश्वकपको प्रारम्भिक छनोटबाटै बाहिरिएको छ।

-

गोलरहित खेल बराबरीमा टुङ्गिएपछि नेपाल विश्वकपको प्रारम्भिक छनोटबाटै बाहिरिएको हो। भारत भने यसअघि खेलेको खेल नतिजा २-० गोलको अाधारमा दोस्रो चरणमा प्रवेश गरेको छ।

नेपाललाई दोस्रो चरणमा प्रवेश गर्न कुनै गोल नखाई ३–० ले जित्नु पर्ने थियो। नेपाल र भारतबीच भएको खेलको इतिहास हेर्दा योसहित १७ पटक भिडेका छन्। भारतले १२ पटक र नेपालले भारतलाई दुई खेलमा मात्र जितेको छ। त्यस्तै, तीन खेल बराबरीमा टुङ्गिएका छन्।





Comments

comments

5098