Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भारतीय पर्यटक भित्राउन नयाँ दिल्लीमा ‘नेपाली साँस्कृतिक साँझ’

प्रदिप पौडेल / एचकेनेपाल डट कम –
पोखरा। भारतीय पर्यटकहरुलाई नेपालमा भित्राउन नेपालको कला सँस्कृतिको पनि महत्वपूर्ण भूमिका हुने देखिएको छ। भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न नेपाली साँस्कृतिक कार्यक्रममा नेपालको विविध कला सँस्कृतिको प्रस्तुतिमा सहभागीको अभिरुचीले यस कुराको थप पुष्टि गरेको हो।

कार्यक्रममा सहभागी भारतका साँस्कृतिक काउन्सिल उत्तम पण्डिले नेपालीहरुले प्रस्तुत गरेको साँस्कृतिक कार्यक्रमले भारतीयहरुको समेत मन जित्न सफल भएको बताए। भारतबाट नेपाल घुम्न जाने मानिसहरु नेपालको धार्मिक क्षेत्रको लागि मात्र नभै नेपाली साँस्कृतिबारे बुझ्न र अवलोकन पनि जाने गरेको बताए।

पोखरास्थित मोडर्न इरा टुर्स एण्ड ट्राभल्स प्रालिको आयोजनामा भारतका लागि नेपाली राजदूतावास नयाँदिल्लीको प्रायोजनमा नयाँदिल्लीमा सम्पन्न नेपाली कला सँस्कृति झल्कने विभिन्न साँस्कृतिक कार्यक्रममा नेवारी, गुरुङ, मगर, तामाङ, थारुलगायतका समग्र नेपाली सँस्कृति झल्किने गीत, नाच प्रस्तुत गरिएको थियो। करिब ३ घण्टासम्म चलेको कार्यक्रममा पोखराको हिमाली साँस्कृतिक परिवारका कलाकार सहभागी थिए।

भारतका लागि कार्यबाहक नेपाली राजदूत कृष्ण ढकालले नेपालको सँस्कृति र नेपालको भारत सँस्कृति मिल्दोजुल्दो भएकोले कार्यक्रमले दर्शकको मन जितेको प्रतिक्रिया दिए। नेपालमा जन्मी भारतलाई कर्मथलो बनाएका नेपालीहरुको हकहितको लागि राजदूतावासले काम गरिरहेको उनले बताए।

नेपाली कला सँस्कृतिलाई साँस्कृतिक कार्यक्रममार्फत भारतमा चिनाउने र नेपालमा बढी भन्दा बढी भारतीय पर्यटक भित्राउने उद्देश्यले ट्राभल्सले सो कार्यक्रम आयोजना गरिएको मोडर्न इरा टुर्स एण्ड ट्राभल्स प्रालिका संचालक केशव अधिकारीले जानकारी दिए। साँस्कृतिक कार्यक्रमको लागि हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको नेतृत्वमा कलाकारसहित ३२ सदस्यीय टोली सहभागी थियो।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले नेपाल र भारत सिमामा देखिएका नेपालीले झेल्नु परेको झन्झटबारे राजदूतावासले ध्यान दिनुपर्ने बताए। नेपालबाट भारत प्रवेश गर्दा होस् वा भारतबाट नेपाल फर्किदा भारतीय सिमामा रहने सुरक्षाकर्मीले नेपालीलाई गरेको व्यवहार अमानवीय हुने गरेको हुँदा सुधार्न दूतावासलाई आग्रह गरे।

यसैबीच, मोडर्न इरा टुर्स एण्ड ट्राभल्स प्रालिले पोखरा–नयाँ दिल्ली सेवा संचालनको सातौ वर्ष प्रवेशको अवसरमा एसी सुविधासहितको बस संचालन सुरु गरेको छ। पोखराबाट दिल्लीका लागि ३२ सय रुपैयाँ भाडादर कायम भए पनि सुरुवातमा यात्रुलाई १० प्रतिशत छुटको व्यवस्था रहेको संचालक दामु अधिकारीले बताए। प्रालिले पोखरा दिल्लीका लागि साताको २ दिनमात्र बस संचालन गरेकोमा हाल दैनिकरुपमा एसी बससहितको एउटा बस दोहोरो आवागमन हुने गरेको छ।

एसीरहित बसका लागि प्रति किलोमिटर २ रुपैयाँका दरले २६ सय रुपैयाँ भाडादर कायम गरेको जनाएको छ। पोखराबाट बुटवल, महेन्द्रनगर हुँदै भारत प्रवेश गरिने सो रुट नयाँ दिल्ली पुग्न करिब १४ सय किलोमिटर तय गर्नुपर्छ। हाल कम्पनीका १५ वटा बसले यात्रुहरुलाई पोखरा–दिल्ली, दिल्ली–पोखरा सेवा दिने गरेको छ। सिधा बस संचालनपछि सिमा क्षेत्रमा यात्रुहरु हिड्नुपर्ने बाध्यता टरेको छ भने भारतीय पर्यटकहरु नेपाल भित्राउन सहज बनेको संचालक दामु अधिकारीले बताए।





Comments

comments

513