हङकङ : हाईकिङ गएकी महिला बाढीमा बेपत्ता…

एचकेनेपाल डट कम –

हङकङ, ८ जुन । हाईकिङ गएकी एक महिला बुधवार दिउंसो बाढीमा परेर बेपत्ता भएकी छन्।

दिनभर जसो भारी वर्षा भएको बेला याङ थरकी ५२ वर्षीया महिला आफ्ना पुरुष साथीसंग पाट सिन लेङमा पदयात्रामा गएकी थिइन्। सोही बेला अचानक आएको बाढीमा परेर उनी बेपत्ता भएकी थिइन्।

उनका साथीले मद्दतको लागि प्रहरीलाई खबर गरे। उद्धारकर्मीको टोली र सरकारी उडान सेवाका हेलिकप्टरले बेपत्ता याङको खोजी गरिरहे। खोजी तथा उद्धार कार्य रातिसम्म जारी रहे पनि फेला पार्न नसकिएको स्थानीय मिडियाले जनाएको छ।

घटना भएको हेङचोङ रक स्ट्रिम हङकङका नौवटा रक स्ट्रिमहरू मध्ये एक हो। यसलाई लोकप्रिय पदयात्रा मार्गको रुपमा चिनिन्छ। झरना भएका यस ठाउंले धेरै पैदययात्रीहरुलाई आकर्षित गर्दछ।

सन् २०११ एक्लै यस ठाउंमा हाईकिङ गएका पैदल यात्री १० मिटरको उचाइबाट झरनामा खसेर गम्भीर घाइते भएका थिए। टाउकोमा गहिरो चोट लागेका उनको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो।





Comments

comments

51426