Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
लोसपालाई तीनतिरबाट अफर – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

लोसपालाई तीनतिरबाट अफर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले एक साताको अवधिमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरे।

जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले बुधबार सार्वजनिक रूपमै पार्टी एकीकरण गर्न लोसपाका नेताहरूलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री एवं काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले पनि भेटमा ठाकुरलाई सहकार्य र गठबन्धनका लागि आग्रह गरेका थिए। यो भनेको हामीलाई तीनतिरबाट गरिएको अफर हो,’ लोसपाका एक नेताले भने, ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा हामी गठबन्धनका पक्षमा छौं । त्यसका लागि सबै (काँग्रेस, एमाले र जसपा) सँग कुरा भइरहेको छ।’ ठाकुरसँगको भेटमा देउवाले सहकार्य गर्न प्रस्ताव राखेको लोसपाका नेता शरतसिंह भण्डारीले बताए । आजको नागरिक दैनिकमा समाचार छ।





Comments

comments

51444