हङकङमा आज कोरोनाको ५५८ नयाँ केस थपिए…

एचकेनेपाल डट कम –

हङकङ, ८ जुन । हङकङमा आज कोभिड-१९ पुष्टि भएका कुल ५५८ संक्रमित केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआंग सुक क्वानका अनुसार ४९५ स्थानीय र ६१ आयातित गरी कुल ५५८ संक्रमित केसहरु थपिएका छन्। पाँचौं लहरको सुरुवातदेखि हङकङमा कुल १२०३,५९७ कोभिड-१९ का केसहरू रेकर्ड भएका छन्।

आयातितमध्ये १६ जनामा विमानस्थलको अस्थायी नमूना परीक्षण केन्द्रमा पोजेटिभ देखिएका हुन् भने तोकिएका क्वारेन्टिन होटलमा ३८ जनामा पोजेटिभ देखिएको छ।

वृद्धहरूको लागि आवासीय हेरचाह गृह र अपाङ्गताहरूको लागि आवासीय हेरचाह गृहका कर्मचारीहरू गरी ३ नयाँ केसहरु थपिएका छन्।

आज ८७ विद्यालयमा ६१ विद्यार्थी र ३३ शिक्षक कर्मचारी गरी ९४ जनामा पोजेटिभ केस दर्ता भएको छ। आज काउलुन टोङ फनफुल इङ्लिस प्राइमरी स्कूलमा थप २ जना नयाँ केसहरू रेकर्ड गरिएका छन्। किन्ग्सु तथा चेकिङ प्राथमिक विद्यालयमा १ नयाँ केस थपिएका छन्।

LINQ बार प्रकोपसँग जोडिएका नयाँ २ केस थपिएका छन्। यससंग जोडिएका केसहरुको कुल संख्या ९५ पुगेको छ।

हङकङमा २४ घण्टाभित्र कोरोनाबाट कुनै पनि विरामीको मृत्यु भएको छैन। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म हङकङमा मृत्यु हुनेको कुल संख्या ९,१७६ पुगेको छ।

२४ घण्टामा ४६ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।





Comments

comments

51422