तमुस्यो ह्युल छोँज धींको प्रथम पार्षद भेला पोखरामा हुने

भुपाल तमु / एचकेनेपाल डट कम-
पोखरा ८ चैत्त। तमुस्यो ह्युल छोँज धीं गुरुङ महिला राष्ट्रिय परिषदको प्रथम पार्षद भेला कास्की पोखरामा हुने भएको छ।

तमु महिलाहरुको हकहित र अधिकारका लागि स्थापित देशभरका गुरुङ महिलाहरुको साझा संगठन तमुस्यो ह्युल छोँज धीं गुरुङ महिला राष्ट्रिय परिषद केन्द्रीय पार्षद बैशाख १२ र १३ गते कास्कीको पोखरा हुने भएको हो। कास्कीको पोखरामा पार्षद भेला हुने भए पछि व्यवस्थापनको जिम्मा पाएको जिल्ला कार्यसमितिले तयारी अगाडि बढाएको छ । शनिबार कास्की जिल्ला कार्यसमितिको बैठक बसि पार्षद भेलालाई भव्य र सव्य बनाउने निर्णय सहित विभिन्न उपसमितिहरु गठन गरेको छ।

गठित तयारी समिति अन्र्तगत व्यवस्थापन उपसमिति संयोजकमा तमुस्यो ह्युलका केन्द्रीय सदस्य पुर्णिमा तमुस्यो, सहसंयोजकमा जिल्ला अध्यक्ष जुनाकुमारी तमुस्यो, आर्थीक उपसमिति संयोजक केन्द्रीय सचिवलय सदस्य एवम पोखरा इन्र्चाज देवमाया तमुस्यो, सहसंयोजक जिल्ला कोषध्यक्ष शान्ती तमुस्यो, प्रापोजल तयारी उपसमिति संयोजक तमु विद्यार्थी छोँज धीं केन्द्रीय उपमहासचिव रिम तमु, सहसंयोजक जिल्ला प्रचार सचिव गौरी तमुस्यो, सदस्यहरु तमु विद्याथीै छोँज धीं कास्की अध्यक्ष भुपाल तमु, तमु विद्याथीै छोँज धीं पुर्व संगठन सचिव खिम तमु, तमु ह्युल युवा समिति कास्की सचिव चोक बहादुर तमु, अनुगमन उपसमितिमा तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद कास्की तथा कास्कीमा रहेका केन्द्रीय पदाधिकारी, प्रचारप्रसार उपसमिति संयोजक गौरी तमुस्यो, साँस्कृतिक उपसमिति संयोजक तमुस्यो ह्युल जिल्ला संगठन सचिव हिरा तमुस्यो, सहसंयोजक तमु विद्यार्थी छोँज धीं कास्की उपाध्यक्ष धनु तमु, मञ्च व्यवस्थापन संयोजक तमुस्यो ह्युल जिल्ला उपाध्यक्ष लक्ष्मी तमुस्यो, सहसंयोजक चोक तमुलाई चयन गरेको छ।

पार्षद भेलाको उद्घाटन सत्र पोखरा सभागृहमा र बन्द सत्र तमु प्ये ल्हु संघ को सभाहलमा गर्ने निर्णय समेत बैठकले गरेको जिल्ला सचिव विष्णु तमुस्योले जानकारी दिइन् । पार्षद भेलालाई सम्पन्न गर्नका लागि मातृसंस्था तमु ह्युल छोँज धीं गुरुङ परिषद केन्द्रीय समिति र जिल्ला समिति कास्कीको पुर्ण रुपमा सहयोग गर्ने बताएको छ । तमुहरुको बहुल्यता रहेको पोखरामा हुन गइरहेको पार्षद भेलामा देशभरका करिव ३ सय तमु महिला प्रतिनिधी रहने बताएको छ।

पार्षद भेलामा सहभागी हुनका लागि देशभरबाट पाषर्दहरु बैशाख ११ गते नै पोखरा आइसक्ने केन्द्रीय अध्यक्ष भगवती तमुस्योले जानकारी दिइन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

5210