Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चुनावको विवादमा २ को मृत्यु, कैयौं घाइते

जनकपुरधाम, चैत १० – विद्यालय व्यवस्थापन समितिको विषयमा भएको विवादमा धनुषाको सबैलामा दुईजना मारिएका छन्।

लाठी र दाउराको चिर्पटसहित आएको समूहले आक्रमण गर्दा आइतबार राति ९ बजे एकजनाको मृत्यु भएको हो भने घटनाको तीन घन्टापछि अर्का एकजनाको अपहरणपछि गोली हानी हत्या गरिएको हो। मारिनेमा रामसेवक राउत र रामप्रकाश यादव छन्। घटनामा कैयौं घाइते भएका छन्।

सबैला नगरपालिका १ स्थित रामएकवाल ठाकुरको घरमा स्थानीय मदन–आश्रित निम्नमाध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको उम्मेदवारको विषयमा छलफल गरिरहेका बेला आक्रमण भएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ।

सबैला गाविसको पूर्वअध्यक्ष रामवली साहले केही अभिभावकसहित छलफल गरिरहेका बेला लाठी र दाउराको चिर्पटसहित आएका करिब ४० जनाको समूहले एक्कासी कुटपिट गर्न थालेको बताए।





Comments

comments

5238