Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

किरात याक्थुङ्ग चुम्लुङ्ग कतारको आठौं अधिवेसन मार्च २७ मा हुने

तिलविक्रम थेवे / एचकेनेपाल डट कम –
किरात याक्थुङ्ग चुम्लुङ्ग (कियाचु) कतारको आठौं अधिवेसन आगामी मार्च २७ शुक्रबारका दिन हुने भएको छ।

कियाचुका अध्यक्ष लोकेन्द्र तुम्रोक लिम्बु तथा कावा महासचिव डम्बर लिबाङ्ग लिम्बुले जानकारी दिए अनुसार टपफर्म रेष्टुरेन्ट दोहामा दिउसो १२ः३० बजेदेखि शुरु हुने अधिवेसन भव्य तरिकाले सम्पन्न गर्नका लागि सम्पूर्ण तयारी पुरा भइसकेको छ।

लिम्बुजातिहरुको भाषा, लिपी, धर्म, संस्कार, सस्कृति, रितीरिवाज तथा पारस्परिक ऐेतिहासिक लिम्बु जातिको गौरवलाई संरक्षण, सम्वर्धन र प्रवर्धन, अभिवृृद्धि र विकास गर्दै लैजानको लागि भनेर २५ वर्ष अगाडी स्थापित जातिय मौलिक यस सामाजिक संस्थाको आफ्नै महत्व छ भने कतारमा स्थापित कियाचु, कियाचु केन्द्रिय कार्यालयको सम्बन्धन प्राप्त संस्था हो।

कुनैपनि जातिको भाषा, लिपी, धर्म, संस्कार, सस्कृति, रितीरिवाज तथा ऐेतिहासिक गौरव र परम्पराको अभिवृद्धि र विकासको लागि राजनैतिक शासन व्यवस्थाले भरमग्दुर सहयोग र समन्वय गर्नुपर्नेमा बाधाको रुपमा रहेर उल्टै जातिय मुल्य र मान्यतालाई ओझेलमा पार्न खोजेको हुनाले लिम्बुजातिको उत्थान र ऐतिहासिक गौरवलाई कायम गर्न गराउन पहिचान सहितको लिम्बुवान संघिय राज्य र स्वायत्तताको अधिकारका लागि पनि कियाचु केन्द्रिय कार्यालयले जोडदार आवाज उठाइरहेको र त्यस्ता किसिमको मुद्धाका लागि लडिरहेका राजनितिक पार्टीहरुलाई समेत कियाचुले नैतिक र रचनात्मक समर्थन गर्दै आइरहेको भएपनि प्रवासका कतिपय कियाचुहरुलाई भने पहिचान विरोधी अनेक वैचारिक संगठनहरुको प्रभावमा परेर मुल मुद्धा समेत ओझेलमा परिरहेको आरोप पनि उत्तिकै लाग्ने गरेको छ र उपलब्धीमुलक कामहरु गर्न नसकिरहेको आरोप प्रवासस्थित कियाचुहरुका नेतृत्वपंक्तिले खेप्दै आइरहेकाछन्।

जातिय पहिचान र पहिचान भित्रको आधारशिला भाषा, लिपी, धर्म संस्कार संस्कृति, समुदायको संरक्षण र जगेर्ना गर्न र पहिचान विरोधीहरुको अतिक्रमणबाट रोक्न शशक्त रुपमा राजनितिक आन्दोलन भइरहेको परिस्थितिमाकतारमा हुन गइरहेको कियाचुको आठौं अधिवेसन निकै महत्वको हुने भएकोले बैदेशिक रोजगारीको सिलसिलामा दोहा कतारमा कार्यरत सम्पूर्ण लिम्बू, गैरलिम्बु नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु समेतको सक्रिय सहभागिताको लागि आयोजकको तर्फबाट अनुरोध गरिएको बताइएको छ।





Comments

comments

5249