कोरियामा मजदुरहरुको हकअधिकारको लागि बृहत जुलुश हुने

रमेश खावाजु / एचकेनेपाल डट कम-
दक्षिण कोरिया। दक्षिण कोरियाको राजधानी सउलमा आउदो जुलाई २७ तारिखका दिन मजदुरहरुको हक अधिकारको लागि संघर्ष गर्दै आइरहेका एमटियू(प्रवासी मजदुर संघ) र केसिटियु (कोरियन प्रजातान्त्रिक मजदुर महासंघ) ले संयुक्त आयोजनामा बृहत जुलुशको कार्यक्रम गर्ने भएको छ।

सउलको छोङगाकस्थित फोसिन्गाकमा २७ तारिख आइतबारको दिन दिउसो २ बजे र्याली शुरु हुनेछ। नेपाल,फिलिपिन्स, बंगलादेश,भियतनामलगायत विभिन्न देशका मजदुरहरु सहभागी हुने सो र्याली उलजिरो पुगेर सम्पन्न हुनेछ। रयालिमा इपिएसको मजदुरहरुको थेजिकगुम सम्बन्धि नया नियमको खारेजी, प्रवासी मजदुरहरुको हक अधिकारको सुनिश्चित, स्वतन्त्ररुपमा कम्पनी परिबर्तन गर्न पाउनु पर्ने, प्रवासी मजदुरप्रति गरिने भेदभाबको अन्त्य हनु पर्नेलगायत अन्य बिभिन्न मागहरु राख्ने एमटियू कार्यबाहक अध्यक्ष उदय राइले बताए।

का.अध्यक्ष राईले बिदेशी मजदुरहरुको लागि बनाएको असमान नियमको बिरुद्धमा आउदो २७ तारिखमा हुन् लागेको र्यालिमा सहभागी भइदिनु हुन् विभिन्न संघसस्थाको प्रतिनिधिहरुलगायत कोरियाबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अनुरोध गर्नुभएको छ।





Comments

comments

524