दोहा कतारमा द्रुतगतिमा रक्षा नेपाल सहयोग अभियान आरम्भ

तिलविक्रम थेवे / एचकेनेपाल डट कम-
समाज सेवामा सक्रिय रहेका किशोर सुनुवारको संयोजकत्वमा कतारमा रक्षा नेपाल सहयोग अभियान थालिएको छ।

रक्षा नेपाललाई आर्थिक सहयोग गर्न केही जुझारु नेपालीहरुको प्रयासमा दुईहप्तासम्म यो अभियानले कतारमा काम गर्ने र संकलित रकम रक्षा नेपाललाई हस्तान्तरण गरिने कार्यक्रम रहेको अभियानका संयोजक किशोर सुनुवारले बताए।

उनको संयोजकत्वमा भानु शर्मा, इमानजंग बानिया, शरद कुमार कार्की, किरण लामा, कमल परियार, राजन मगर, सोम लामा, अरुण लिम्बु, तोयापुन, प्रेम गुरुङ्ग, भरत पोखरेल, राजेन्द्र थापा, अनु खड्का लगायत सदस्य रहेकाछन्।

रक्षा नेपालको सहयोगका लागि वेलायतबाट पनि सहयोग अभियान संचालन गरिएको जानकारी दिदैं कतारका लागि अभियानका संयोजक सुनुवारले यो अभियानले न्युनतम ५० हजार सम्म रकम सहयोग गर्ने तथा महिला, वालवालिका, दुःखी पिडीतहरुका लागि समर्पित भएर काम गरिरहेका अन्य सामाजिक संस्थाहरुलाई पनि क्रमशः सहयोग गर्दै जाने बताए।

आफैपनि अनेकौ दुःखको पृष्ठिभुमीलाई चिर्दै यहाँसम्म आएकी सस्थापक अध्यक्ष मेनका थापाद्धारा संचालित रक्षा नेपालले यौन पिडीत महिलादेखि लिएर, अनाथ टुहुरा वालवालिका, नाइटक्लव, दोहोरीसाँझ, क्यासिनो लगायतका रात्रीकालिन व्यवसायमा पनि विभिन्न यौन हिंसाजन्य तथा विभिन्न कारण ले पिडीत बन्न पुगेका महिलाहरुलाई उद्धर गर्दै सिपमुलक तालिम दिने र स्वावलम्बी बनाएर सक्षम बनाउने अभियानमा लागेका १० वर्ष भैसकेको छ । यो अवधीसम्ममा रक्षा नेपालले धेरैको उद्धार गरिसकेको छ भने अझैपनि धेरैलाई रक्षा नेपालले चुनौतिका साथ सहयोग गरिरहेका छ।





Comments

comments

521