Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोखराको सुकुम्बासी बस्ती डुबानमा

सन्देश श्रेष्ठ /एचकेनेपाल डट कम –
पोखरा,२ साउन। गए रातिदेखि अविरल परेको वर्षाले सेती नदी बढ्दा पोखराको रामघाटस्थित सुकुम्बासी बस्ती डुबानमा परेको छ।

अविरल वर्षापछि सेतीमा बढेको बाढीले सुकुम्बासी बस्तीका करिब २२ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। बाढीले बस्ती नै डुबानमा परेपछि स्थानीयले राति नै गुहार मागेका थिए।

राति करीब २ बजे सुकुम्बासी बस्ती डुबानमा परेको जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट गएको टोलीले उद्धार समेत गरेको थियो। बस्तीका केही डुबान शुरु हुने वित्तिकै भागेका थिए भने बाँकी ५ जनालाई प्रहरीले आज विहान पौने ५ बजे उद्धार गरेको हो।

प्रहरीले स्थानीय मानवहादुर श्रेष्ठ, चन्द्रबहादुर कामी, मिना कामी, उनको छोरा शिशिर र छोरी सजिना कामीलाई उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। वर्षा केही कम भएकाले बाढी पनि घटदै गएको भएपनि बस्ती डुबानमै रहेको प्रहरीले बताएको छ।

तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम





Comments

comments

519