Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कास्की परिवारद्वारा तेक्वान्दो खेलाडीहरुलाई सम्मान

सुरज गुरुङ/ एचकेनेपाल डट कम-
भर्खरै सम्पन्न विश्व तेक्वान्दो कल्चरल एक्पो २०१४ मा नेपाललाई ३ स्वर्णसहित ११ वटा पदक दिलाउन सफल रक्षा तेक्वान्दो डोजाङका खेलाडीहरुलाई सउल दोङदेमुनस्थित देउराली रेष्टुरेण्टमा गत जुलाई १५ तारिख बेलुका समाजसेवी, व्यावसायी तथा नेपाली समुदायहरुको माझमा कास्की परिवार दक्षिण कोरियाले सम्मान गरेको छ।

कार्यक्रममा कास्की परिवारका सल्लाहकारहरु उदय गुरुङ, नारायण गुरुङले खेलाडी, प्रशिक्षक तथा टिम म्यानेजरलाई खादा र सम्मान पत्रसहित सम्मान गरेको थियो। खेलाडीहरुलाई कास्की परिवारले नगद ८ लाख वन पनि सहयोग गरेको अध्यक्ष नविन गुरुङले जानकारी गराउनु भयो।





Comments

comments

526