Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एसएलसी दिदै गरेका विद्यार्थी बेपत्ता

बुटवल, चैत १० – बुटवलको न्यु होराइजन बोर्डिङ स्कुलका एसएलसीका प्रतिभाशाली परीक्षार्थी सुदीप अधिकारी आइतबारदेखि बेपत्ता भएपछि अपहरणको आशंकामा प्रहरी र अभिभावकले खोजी अभियान तीव्र पारेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही एसपी राजेन्द्र ढकालका अनुसार सोमबार बेलुकादेखि बुटवलको राजमार्ग र जंगल क्षेत्रमा दुई सय प्रहरी परिचालन गरी खोजी तीव्र पारिएको छ। भारतीय सीमावर्ती नाका बेलहिया-सुनौलीदेखि गोरखपुरसम्म पनि प्रहरी परिचालन गरी खोजी भइरहेको जानकारी उनले दिए।

न्यु होराइजनका पि्रन्सिपल लोकनाथ उपाध्यायका अनुसार अधिकारी प्रतिभाशाली छात्र हुन्। उनले गत सेन्टअप परीक्षामा गणित विषयमा ९९ अंक ल्याएका थिए। आइतवार एसएलसीको गणित विषयमा ९७ अंकको प्रश्न हल गरेपछि उनी निराश भएका थिए।

साँझ पाँच बजेतिर साथी कहाँ पढ्न जान्छु भनि निस्केका अधिकारी सोमबार बिहान ८ बजे परिक्षामा सहभागी नभएपछि विद्यालय र घरपरिवारमा तनाव भएको थियो। सबैजना मिलेर उनको साथीको घर, आफन्त र बुटवल क्षेत्रमा खोजी गरेपनि पत्तो नलागेपछि प्रहरीसँग गुहार मागिएको
खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।





Comments

comments

5244