Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

के माधव नेपालमाथि कारवाही गर्नै पर्ने हो त?

काठमाडौं, चैत १० – नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको नौ महिनापछि एमालेको मोर्चा संगठन युवासंघ नेपालको हेटौंडामा सम्पन्न बिस्तारित बैठकसँगसँगै एमालेका आन्तरिक विवाद छताछुल्ल भएको छ।

उद्योग मन्त्री महेश बस्नेतले युवासंघको अध्यक्षको जिम्मेवारीबाट मुक्त हुँदै निरु पाललाई अध्यक्ष बनाएपछि चर्केको आन्तरिक बिवाद बढ्दै गएर संघको नाममा हेटौंडा र काठमाडौंमा छुट्टाछुट्टै भेला सम्पन्न भएपछि एमालेको नवौं राष्ट्रिय महाधिवेशनमा देखिएको आन्तरिक बिवादको प्रभाव मोर्चा संगठनभित्र कायमै रहेको छ।

यही चैत ७ र ८ गते हेटौंडामा भएको भेलालाई पार्टीका उपाध्यक्ष एवं उपप्रधान एवं गृहमन्त्री वामदेव गौतम, उपाध्यक्ष विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल, स्थायी समिति सदस्य किरण गुरुङ र पोलिटब्युरो सदस्य भानुभक्त ढकालले सम्बोधन गरेका थिए। त्यही दिन काठमाडौंमा भएको भेलालाई पार्टीका वरिष्ठ नेता माधव नेपालले सम्बोधन गर्दै युवासंघका कार्यकर्तालाई रक्तचन्दन तस्कर, गुन्डा र डनको संज्ञा दिएपछि कार्यकर्ता रुष्ट भएका छन्। यस घटनापछि माधव नेपाल विरोधी र समर्थक स्पष्ट रुपमा छुट्टिएका छन्।

हेटौंडामा सम्पन्न युवा संघ नेपालको दोस्रो विस्तारित बैठकले माधव नेपालले लगाएका आरोपहरुको पुष्टि गर्न नेपाललाई चुनौती दिँदै वर्ग शत्रुहरुले समेत लगाउन नसकेको आरोप माधव नेपालले लगाएको हुँदा उक्त आरोपले युवा आन्दोलनमाथि नै गम्भीर प्रश्न उठाएकोले माधव नेपालको अभिव्यक्ति माथि छानविन गरी कारबाही गर्न माग गरेको समाचार आजको दृष्टि साप्ताहिकले छापेको छ।





Comments

comments

5247