रानीबारी हत्याकाण्डका अभियुक्त भेट्न नेताहरूको लर्को

यी हुन अभियुक्त भेट्ने नेता
काठमाडौं,चैत ११ – संविधानसभा बैठक बस्न नसकिरहेका बेला एमाओवादी र एमालेका फुर्सदिला केही सभासद रानीबारी हत्याकाण्डका आरोपित मनराज गुरुङ र प्रमेश चौहानलाई भेट्न प्रहरी कार्यालय पुगेको रहस्य खुलेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा रहेका मनराज र प्रमेशलाई भेट्न उनीनिकट सभासद् सोमबार त्यहाँ पुगेका हुन्। रामेछाप क्षेत्र नं. २ का एमाओवादी सभासद श्यामकुमार श्रेष्ठ, एमाले दोलखाका सभासद् पार्वत गुरुङ, एमाओवादी दोलखाकी पूर्वसभासद् देवी खड्का र उनका भाइ विशाल खड्का सीआईबी पुगेको उच्च स्रोतले बतायो। सभासद्ले थुनुवा भेट्ने कक्षमै प्रमेश र मनराजसँगै झन्डै आधा घन्टा बिताए। अभियुक्तलाई भेट्न जाँदा सभासद्हरुले संविधानसभाको परिचयपत्र पेz गरेका थिए।

सभासद् पार्वत गुरुङ मनराजका काका हुन्। दोलखामा रहँदा ठेक्कापट्टा गर्ने मनराज एमाओवादीसँग निकट छन्। शुरुमा कांग्रेसनिकट भएर काम गरेका मनराज २०६० जेठ १७ गते गोलढुंगामा म्यानपावर संचालक लीलामाया गिरीको हत्या प्रकरणमा जोगिएपछि २०६३ मा एमाओवादी भातृसंगठन वाइसिएलका सदस्य भएको प्रहरीको अनुसन्धानले देखाएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

पहिलो संविधानसभा निर्वाचनमा दोलखाबाट एमाओवादीको देवी खड्काले उम्मेदवारी दिएपछि चुनाव जिताउन मनराज पनि खटिएका थिए।

सम्बन्धित लिङ्कहरूः
रानीबारी हत्याकाण्डका अभियुक्त गुरुङको आर्जन: १४ वर्षमा १५ करोड
यसरी जालमा पर्यो, १३ वर्षपछि रानीबारी हत्याकाण्डका नाइके…





Comments

comments

5255