Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

क्यानडा तालिममा गएका ५ नेपाली कर्मचारी कता बेपत्ता भए?

काठमाडौं, चैत ११ – सहरी व्यवस्थापन सम्बन्धी तालिम लिन क्यानडाको एडमन्टन पुगेका काठमाडौं महानगरपालिकाका तीन जिम्मेवार कर्मचारीसहित पाँच उतै बेपत्ता भएका छन्।

चैत २ देखि ४ सम्मको कार्यक्रम सकिएको साता बित्दासमेत उनीहरु देश फर्केका छैनन्। साथै, महानगरपालिका कार्यालयलाई पनि उनीहरुले आफ्नो तालिम भ्रमण टुंगिए–नटुंगिएको बारे जानकारी गराएका छैनन्।

त्यसरी हराउनेमा वातावरण व्यवस्थापन विभाग प्रमुख ज्ञानेन्द्र कार्की, वातावर महाशाखा प्रमुख हरि कुँवर र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय प्रमुख नुरनिधि न्यौपाने छन्। यही समूहमा निमन्त्रण नै नभएका महानगरपालिका वडा ६ का इन्जिनियर निर्मल भट्टराई र कार्यान्वयन महाशाखाका नगर निरीक्षक राजु पाण्डेसमेत रहेको समाचार आजको नागरिक दैनिकले छापेको छ।

काजमा विदेश जानुपरे सम्बन्धित मन्त्रालय सचिवको स्वीकृति लिनुपर्ने प्रावधान लत्याउँदै उनीहरु १० दिनअघि क्यानडा हिँडेको महानगरपालिका स्रोतले बताएको छ। स्थानीय स्वायक्त शासन नियमावली २०५६ को बेवास्ता गर्दै उनीहरु विदेश गएको भन्दै महानगरपालिकामा हल्लीखल्ली मच्चिएको छ।





Comments

comments

5262