बेलायत र हङकङमा जन्मेका गोरखा सन्ततिहरुका नेपाली नागरिकतासम्बन्धी संयुक्त बैठक…

सन्तोष थलङ –

५ जुलाई २०२२ अपरान्ह काठमाडौंमा ब्रिटिश गोरखा र गोरखा सन्ततिहरुको बंशजको नेपाली नागरिकता निरन्तरता सम्बिधान संसोधनमार्फत सुनिश्चित गर्ने अभियानका रणनीतिबारे गम्भीर छलफल भएको छ।

बैठकसंगै हल्का चिया नास्ता

ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता अभियानका लागि गठित सर्वदलीय संसदीय फोरम (APPF) का संयोजक पूर्वमन्त्री माननीय शेरबहादुर तामाङको अध्यक्षतामा सम्पन्न बैठकले ब्रिटिश गोरखाहरुको बलिदान, सन्धी, सम्झौता र उनका पे,पेन्सनबाट राष्ट्रलाई प्राप्त हुने दिर्घकालिन बैदेशिकमुद्राका बिषयमा सबै पार्टीका शीर्ष नेताहरुसंग गम्भीर छलफल गरि पार्टीहरुमा ह्विप जारी गर्ने परिस्थिति निर्माण गरि अध्यादेशमार्फत सम्बिधान संशोधन गर्न पहल गर्नपर्ने निर्णय गरेको छ।

हाल संसदमा निर्णायार्थ दर्ता रहेको नागरिकता संसोधन बिधेयक आजै सरकारले फिर्ता लिएको प्रसंग उजागर गर्दै ब्रिटीस गोरखाहरुको नागरिकता निरन्तरताको दिर्घकालिन समाधान सम्बिधान संसोधनबाट मात्र सम्भव हुने बिषयमा सबैको सहमति बनेको छ।

बैठकमा पूर्वमन्त्री मा. बसन्त नेम्बाङ, मा. सुरेशकुमार राई, मा. यज्ञराज सुनुवार, मा. हेमकुमार राई र राजेन्द्र राई उपस्थित हुनुहुन्थ्यो।

त्यसैगरी यस अभियानका धरोहर कानूनी सल्लाहकार सम्बिधानबिद् डाक्टर चन्द्रकान्त ज्ञवाली साथै BGNCCC – नेपालका संरक्षक क्याप्टेन हिमाल राई र BGNCCC – नेपालकी संयोजक योगिता राईको सहभागीता थियो।

बैठकमा गत असार ३ गते संसद सचिवालयमा दर्ता गरिएको ” जरुरी सार्वजनिक महत्वको प्रस्ताव ” चालु संसद अधिवेशनमै सशक्त रुपमा छलफल गराउन सक्दो पहल गर्ने र छलफलको बिषय ब्रिटिश गोरखाहरुले परिस्थितिबश बेलायती अंगीकृत नागरिकता लिएता पनि उनका बंशजको नेपाली नागरिकता सम्बिधान संसोधन मार्फत निरन्तरता रहने र बेलायत/ हङकङमा जन्मेका गोरखा सन्ततिहरुले बंशजको आधारमा वंशजको नेपाली नागरिकता प्राप्त गर्न सक्ने सम्बैधानिक ब्यवस्था सुनिश्चित हुनुपर्नेमा केन्द्रित हुनपर्ने निर्णय भएकोछ।

संबैधानिक तथा कानुनी पक्षमा कानूनी सल्लाहकार डाक्टर चन्द्रकान्त ज्ञवाली र BGNCCC – नेपालकी संयोजक अधिवक्ता योगिता राईले सुझाव राखेका थिए। त्यसैगरी राजनीतिक परिस्थिति र भावि रणनीतिका बिषयमा माननीय संसदहरुले क्रमशः आफ्ना धारणा राख्दै यथासम्भव चाँडो ब्रिटिश गोरखाहरुको बंशजको नेपाली नागरिकता निरन्तरताको सुनिश्चितता गरिछाड्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो।

BGNCCC UK/NEPAL ले स्पष्टताका साथ अघि सारेको यो अभियानमा कुनै द्विविधा वा कसैबाट अवरोध हुने कृयाकलाप हुन नहुने बिषयमा सर्वदलीय संसदीय फोरमले गम्भीर ध्यान आकृष्ट गराएको छ।

अन्त्यमा, उपस्थित सर्वदलीय संसदीय फोरमका संयोजक लगायत सम्पूर्ण सदस्य माननियज्यूहरु तथा कानुनी सल्लाहकार ज्यू र BGNCCC -NEPAL लाई BGNCCC UK/Nepal ले सधन्यवाद आभार व्यक्त गरेको छ।

जय गोरखा !!!





Comments

comments

52651