हङकङमा २,२६८ नयाँ केस थपिए…

एचकेनेपाल डट कम –

हङकङ, ५ जुलाई । हङकङमा कोरोना भाइरसबाट थप २,२६८ जना सङ्क्रमित भएको स्वास्थ्य सुरक्षा केन्द्रले आज जानकारी दिएको छ।

केन्द्रका डा. चुआंग शुक-क्वानका अनुसार २०८५ स्थानीय र १८३ आयातित गरी कुल २,२६८ संक्रमित केसहरु थपिएका हुन्।

आयातितमध्ये १०६ जनामा विमानस्थलको अस्थायी नमूना परीक्षण केन्द्रमा पोजेटिभ देखिएका हुन् भने तोकिएका क्वारेन्टिन होटलमा ६१ जनामा पोजेटिभ देखिएको छ। क्वारेन्टिन अवधि सकिएपछि १६ जनामा सङ्क्रमण पुष्टि भएको छ।

२४३ वटा विद्यालयका विद्यार्थी र शिक्षक कर्मचारी गरी ३२१ जनामा पोजेटिभ देखिएको छ।

हङकङमा २४ घण्टाभित्र कोरोना संक्रमित कुनै पनि बिरामीको मृत्यु भएको छैन। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म हङकङमा मृत्यु हुनेको कुल संख्या ९,१९२ पुगेको छ।

२४ घण्टामा ७८ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।





Comments

comments

52592