अपडेट: गोली लागेका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन..

गोली प्रहार भएपछि गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ।

शिन्जो आबेलाई एक राजनीतिक चुनावी कार्यक्रममा गोली लागेपछि उनको अवस्था गम्भीर रहेको थियो।

आबेमाथि शुक्रबार बिहान दक्षिणी सहर नारामा भाषण दिने क्रममा दुई पटक गोली प्रहार गरिएको थियो।

उनी तुरुन्तै बेहोस भए र नजिकैको अस्पतालमा लगियो। घटनास्थलमा खिचेको तस्विरमा उनको रगत बगेको देखाइएको छ।

घटनास्थलमा सुरक्षा अधिकारीहरूले ४१ वर्षीय संदिग्ध बन्दुकधारीलाई नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ।

एनएचकेका अनुसार शिन्जो आबेको घाँटीमा चोट लागेको छ र छातीबाट रगत बगेको छ। जापानका प्रधानमन्त्री फुमियो किशिदाले ६७ वर्षीय आबेको अवस्था गम्भीर रहेको र उनको स्वास्थ्यलाभको लागि प्रार्थना गरिरहेको बताएका थिए।





Comments

comments

52772