वासिङ्टन, विश्वव्यापी कोभिड–१९ महामारीका कारण एक वर्षको ढिलाइपछि बिहीबार संयुक्त राज्य अमेरिकाको बर्मिङ्घममा ११ औं विश्व खेलकुद शुरु भएको छ।
एक सय भन्दा बढी देश र यस क्षेत्रका ३,६०० खेलाडीहरूले जुलाई ७ देखि १७ सम्म विभिन्न ३४ खेल प्रतियोगितामा सहभागिता जनाउने छन्।
जम्मा २२३ पदका लागि ती खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् जसमा एयर स्पोर्ट्स, वाटरस्की र वेकबोर्ड, उसु, फ्लाइङ डिस्क, फ्ल्याग फुटबल लगायतका खेलहरू समावेश गरिएको छ।
अन्तरराष्ट्रिय विश्व खेल संघद्वारा आयोजित र अन्तरराष्ट्रिय ओलम्पिक समितिद्वारा समर्थित यो विश्व खेलकुद ११ दिनसम्म जारी रहने अन्तरराष्ट्रिय स्तरको एक बहु(खेल प्रतियोगिता हो।
यो प्रतियोगिता ग्रीष्मकालीन ओलम्पिक खेलहरूपछि सान्ता क्लारामा पहिलो संस्करणबाट सन् १९८१ देखि आयोजना हुँदै आएको छ। रासस