हङकङमा कोरोनाको ३,०२८ नयाँ केस थपिए, १ जनाको मृत्यु…

एचकेनेपाल डट कम –

हङकङ, ७ जुलाई । हङकङमा कोरोना भाइरसबाट थप ३,०२८ जना सङ्क्रमित भएको स्वास्थ्य सुरक्षा केन्द्रले आज जानकारी दिएको छ।

केन्द्रका डा. चुआंग शुक-क्वानका अनुसार २८५६ स्थानीय र १७२ आयातित गरी कुल ३,०२८ संक्रमित केसहरु थपिएका हुन्।

आयातितमध्ये ९८ जनामा विमानस्थलको अस्थायी नमूना परीक्षण केन्द्रमा पोजेटिभ देखिएका हुन् भने तोकिएका क्वारेन्टिन होटलमा ५७ जनामा पोजेटिभ देखिएको छ। क्वारेन्टिन अवधि सकिएपछि १७ जनामा सङ्क्रमण पुष्टि भएको छ।

१६३ विद्यार्थी र ३८ कर्मचारीसहित १०८ विद्यालयमा जम्मा २०१ जनामा पोजेटिभ देखिएको छ।

हङकङमा २४ घण्टाभित्र कोरोना संक्रमित एक जना बिरामीको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म हङकङमा मृत्यु हुनेको कुल संख्या ९,१९४ पुगेको छ।





Comments

comments

52738