Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

श्रीमतिलाई जबर्जस्ती गर्ने प्रहरी खोरमा…

काठमाडौं, चैत १२– श्रीमतीको इच्छाविपरित यौनसम्पर्क राखेको आरोपमा एक युवक पक्राउ परेका छन्। प्यठान घर भई ललितपुरको कार्यविनायक बस्ने ३० वर्षीय बाबुराम उपाध्यायलाई लतितपुर प्रहरीले पक्राउ गरेको हो।

उनलाई इच्छाविपरित वैवाहिक करणी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ।

ललिपुर प्रहरी प्रमुख एसएसपी पुष्पचन्द्र रञ्जितका अनुसार गत ३ चैतमा उपाध्यायलाई पक्राउ गरिएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ। श्रीमती रीता रिजालको उजुरीका आधारमा उनी पक्राउ परेका हुन्। उनीहरुबीच एक वर्षअगाडि मात्रै बिहे भएको थियो।

उजुरी दिने रिजालले आफ्नो नाम गोप्य राख्नुनपर्ने भन्दै प्रहरीमा निवेदन दिएपछि प्रहरीले उनीहरुको घटना बाहिर ल्याएको हो। पक्राउ परेका बाबुरामले भने सहमतिमै सम्बन्ध राखिएको बताएका छन्।





Comments

comments

5280