Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

जहाज अवतरण गर्नै लाग्दा लाटोकोसेरोले बाटो छेकेपछि…

काठमाडौं, चैत १२ – बुधबार राति सवा ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नलागेको कतार एयरवेजको एक जहाज पाङ्ग्राले जमिन छुने अन्तिम तयारीलाई एकाएक रोक्दै ओभरसूट गर्न बाध्य भएको छ।

क्वूटीआर–६५० जहाज दोस्रो प्रयासमा झन्डै २० मिनेटपछि सकुशल अवतरण गरेको छ। कतारको दोहाबाट आएको कतार एयरवेज सो जहाज बुधबार राति ८ः०५ को अवतरणको क्रममा थियो।

बाराको माथि आकाशमा आएर १२ हजार फिट हुँदै काठमाडौं प्रवेश गरेको जहाज सातदोबाटो माथिको आकासमा आइपुगेपछि विमानस्थलमा एक्कासी लाटोकोसेरो देखिएको समाचार आजको आर्थिक दैनिकले छापेको छ। कतार एयरवेजको एयरबस ए–३३३ जहाज अवतरणको अन्तिम चरणमा पुगिसकेको अवस्थामा विमानस्थलमा लाटोकोसेरो देखिएपछि एयरट्राफिक कन्ट्रोलरले पाइलटलाई जहाजलाई ओभर सुट गर्न आदेश दिएको विमानस्थल स्रोतले जनाएको छ।

प्रमुख दीपक ओझाका सहयोगी ड्युटीमा कार्यरत एक कर्मचारीले कतार एयरवेजको जहाज ओभरसुट भएको पुष्टि गर्दै लाटोकोसेरो मारेपछि उक्त जहाज सकुशल अवतरण गरेको बताए।





Comments

comments

5284