Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

खिलराजले उर्जा मन्त्रालयको गाडी फिर्ता नगर्दा

काठमाडौं, चैत १२ – दोस्रो संविधानसभा निर्वाचन गर्न अन्तरिम सरकारको नेतृत्व गरेका पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले उर्जा मन्त्रालयको गाडी फिर्ता नगरेको कारण उर्जामन्त्रीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गाडी मागेर चढ्नुपरेको छ।

स्वास्थ्य मन्त्रालयले गाडी फिर्ता गर्न पटकपटक ताकेता गरेता पनि आफ्नो मन्त्रालयले खरिद गरेको गाडी फिर्ता ल्याइदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सहयोग नगरेपछि उर्जा मन्त्रालयले स्वास्थ्यको गाडी फिर्ता नगरेको हो।

स्वास्थ्यले गाडी मागेपछि उर्जामन्त्री राधा ज्ञवाली गाडी फिर्ता गर्ने पक्षमा रहे पनि मन्त्रालय प्रशासनले अर्को गाडी व्यवस्था गर्न नसकेपछि उक्त गाडी फिर्ता नगरिएको समाचार आजको आर्थिक दैनिकले छापेको छ। स्रोतका अनुसार उर्जाको प्रशासनले प्रधानमन्त्री कार्यालयबाट अहिलेका लागि स्वास्थ्य मन्त्रालयकै गाडी प्रयोग गर्नु भन्ने व्यहोराको पत्र लेख्न लगाएर मन्त्री ज्ञवालीलाई सहमत गराएको छ।





Comments

comments

5286