Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

धरान ८ र धरान १७ समाज हङकङले नयाँ वर्ष संगै मनाउँने

जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम –
हङकङ। धरान ८ समाज हङकङ र धरान १७ समाज हङकङले नेपाली नयाँ २०७२ संयुक्तरूपमा मनाउंने भएका छन्।

जोर्डनस्थित महासंघको कार्यालयमा सम्पन्न जानकारी सभामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा धराने भेटघाट गरिने बताएको हो।

धरान ८ समाज हङकङका सचिब धर्म राज मगरले सञ्चालन गरेको कार्यक्रममा हङकङ नेपाली महासंघका अध्यक्ष दीप थापा, धरान हङकङ मञ्चका अध्यक्ष चन्द्र लिम्बू “नानी”ले नयाँ वर्षमा हुने कार्यक्रमबारे जानकारी गराएका थिए।

कार्यक्रममा धरान ८ समाज हङकङका बिष्णु पाख्रिन, धरान १७ समाज हङकङका मधु कुमार राई, नेपाली क्लबका अध्यक्ष रीता गुरुङ र समाजका भूपू अध्यक्षहरुको उपस्थिति रहेको थियो। नयाँ वर्षको कार्यक्रम मंकि हिलमा १९ अप्रिलमा हुदै छ।





Comments

comments

5288