मुरलिधरको ‘तिमीलाई रोजे’ को रिरेकर्ड पुन: राजेशपायल राईको आवाजमा…

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

काठमाडौं, राई इज किङको नामलेसमेत लोकप्रिय गायक राजेश पायल राईले लिजेण्ड्री गायक, संगीतकार, रचनाकार तथा कलाकार मुरलिधरको कालजयी गीत ‘तिमीलाई रोजे’ आफ्नो स्वरमा रि-रेकर्ड गरी म्युजिक भिडियोसहित सार्वजनिक गर्नेछ्न्।

–

रेडियो नेपालमा मुरलिधरको आवाजमा समेत लोकप्रिय उक्त गीतपछि गायक पायलले ‘बैगुनी रैछौ मायालु ’ अल्बममा आफ्नो स्वरमा रेकर्ड गरी सार्वजनिक गरेका थिए।

–

पहिलो नेपाल आईडलमा अतिथिको रुपमा आउँदा उनले उक्त गीत प्रस्तुत गर्दा तानेको लामो आलपले त्यसबेला निक्कै चर्चा पाएको थियो र युट्युब ट्रेन्डीङ्मा परेको थियो।

बुधवार गुरुपुर्णिमाको अवसरमा पारी आज लिजेण्ड्री मुरलिधर र गायक राजेशपायल राईबिच उक्त गीतलाई पुनः नयाँ साज सज्जाका साथ पुन-रेकर्ड गरी चांडै रिलिज गरिने आपसी समझदारी भएको छ।

–

राजेशपायलले मुरलिधरसँग नयाँ गीत संगीतको लागि समेत सहकार्य् गर्ने भएका छन्। राजेश नेपाली संगीतको एक दरिलो खम्बा हो उनीसँग मेरो सदैब सहकार्य् रहिरहने र हामी दुईको हरेक सांगीतिक सहकार्य नेपाली संगीतका श्रोताहरुको लागि एउटा बिशेष उपहार हुने गायक तथा संगीतकार मुरलिधरले बताए।

त्यस्तै प्रशन्न मुद्रामा गायक राजेशपायल राई भन्छन् – ‘तिमीलाई रोजे गीत मलाई पनि असाध्यै मन पर्ने गीतहरु मध्ये एक हो र यसको नयाँ भर्शनको लागि मुरलिधर दासँगको पुन सहकार्य भएको छ र मेरा सम्पूर्ण श्रोता तथा दर्शकहरुले यसलाई पहिलाभन्दा अझ मनपराउनु हुनेछ भन्ने मेरो विश्वाश छ र त्यो विश्वाश कायम राख्न् म कतिबद्ध रहनेछु|”





Comments

comments

53043