मुरलिधरको ‘तिमीलाई रोजे’ को रिरेकर्ड पुन: राजेशपायल राईको आवाजमा…

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

काठमाडौं, राई इज किङको नामलेसमेत लोकप्रिय गायक राजेश पायल राईले लिजेण्ड्री गायक, संगीतकार, रचनाकार तथा कलाकार मुरलिधरको कालजयी गीत ‘तिमीलाई रोजे’ आफ्नो स्वरमा रि-रेकर्ड गरी म्युजिक भिडियोसहित सार्वजनिक गर्नेछ्न्।

रेडियो नेपालमा मुरलिधरको आवाजमा समेत लोकप्रिय उक्त गीतपछि गायक पायलले ‘बैगुनी रैछौ मायालु ’ अल्बममा आफ्नो स्वरमा रेकर्ड गरी सार्वजनिक गरेका थिए।

पहिलो नेपाल आईडलमा अतिथिको रुपमा आउँदा उनले उक्त गीत प्रस्तुत गर्दा तानेको लामो आलपले त्यसबेला निक्कै चर्चा पाएको थियो र युट्युब ट्रेन्डीङ्मा परेको थियो।

बुधवार गुरुपुर्णिमाको अवसरमा पारी आज लिजेण्ड्री मुरलिधर र गायक राजेशपायल राईबिच उक्त गीतलाई पुनः नयाँ साज सज्जाका साथ पुन-रेकर्ड गरी चांडै रिलिज गरिने आपसी समझदारी भएको छ।

राजेशपायलले मुरलिधरसँग नयाँ गीत संगीतको लागि समेत सहकार्य् गर्ने भएका छन्। राजेश नेपाली संगीतको एक दरिलो खम्बा हो उनीसँग मेरो सदैब सहकार्य् रहिरहने र हामी दुईको हरेक सांगीतिक सहकार्य नेपाली संगीतका श्रोताहरुको लागि एउटा बिशेष उपहार हुने गायक तथा संगीतकार मुरलिधरले बताए।

त्यस्तै प्रशन्न मुद्रामा गायक राजेशपायल राई भन्छन् – ‘तिमीलाई रोजे गीत मलाई पनि असाध्यै मन पर्ने गीतहरु मध्ये एक हो र यसको नयाँ भर्शनको लागि मुरलिधर दासँगको पुन सहकार्य भएको छ र मेरा सम्पूर्ण श्रोता तथा दर्शकहरुले यसलाई पहिलाभन्दा अझ मनपराउनु हुनेछ भन्ने मेरो विश्वाश छ र त्यो विश्वाश कायम राख्न् म कतिबद्ध रहनेछु|”





Comments

comments

53043