हङकङमा कोरोनाको ३,६७४ नयाँ केस थपिए, ५ जनाको मृत्यु…

एचकेनेपाल डट कम –

हङकङ, १४ जुलाई । हङकङमा कोरोना भाइरसबाट थप ३,६७४ जना सङ्क्रमित भएको स्वास्थ्य सुरक्षा केन्द्रले आज जानकारी दिएको छ।

केन्द्रका डा. चुआंग शुक-क्वानका अनुसार ३४१७ स्थानीय र २५७ आयातित गरी कुल ३,६७४ संक्रमित केसहरु थपिएका हुन्।

आयातितमध्ये ११७ जनामा विमानस्थलको अस्थायी नमूना परीक्षण केन्द्रमा पोजेटिभ देखिएका हुन् भने तोकिएका क्वारेन्टिन होटलमा ११९ जनामा पोजेटिभ देखिएको छ। क्वारेन्टिन अवधि सकिएपछि २१ जनामा सङ्क्रमण पुष्टि भएको छ।

आयातित केसमध्ये ७४ बेलायतबाट, १९ थाइल्याण्डबाट, २४ सिंगापुरबाट, १८ क्यानडाबाट, ११ फ्रान्सबाट र ११ अमेरिकाबाट आएका रहेका छन् ।

२८५ विद्यार्थी र ७० शिक्षक कर्मचारीसहित २९२ विद्यालयमा जम्मा ३५५ जनामा पोजेटिभ देखिएको छ।

पछिल्लो २४ घण्टामा कुल १०२ जना निको भएका छन् भने ८२ जना डिस्चार्ज भएर घर फर्केका छन्।

पाँचौं लहरको शुरुवातदेखि हालसम्म कुल ९,२१४ बिरामीको मृत्यु भएको छ भने स्वास्थ्य प्राधिकरणले हिजो ५ जनाको मृत्यु भएको जनाएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

53053