Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोखरामा पत्रकार कुटपिट र तोडफोडको घटनाप्रति आपत्ति

एचकेनेपाल डट कम संवाददाता-
पोखरा, चैत्र १५ – तीस दलिय मोर्चाले आइतवार पोखरामा प्रर्दशन गरेको लाठ्ठी जुलुशको समाचार संकलन गर्न गएका कान्तिपुर टेलिभिजनका पत्रकार इन्द्र पौडेलमाथि प्रहरीले कुटपिट गरेको घटनाप्रति पत्रकार महासंघ कास्कीको ध्यानाकर्षण भएको जनाएको छ।

पत्रकार पौडेलका अनुसार न्युरोडमा भएको झडपको भिजुअल खिचिरहेको बेलामा प्रहरीले–“हामीले पिटेको मात्रै खिच्ने” भन्दै कुटपिट गरेका थिए। पत्रकार महासंघ कास्कीले प्रेस विज्ञप्ति जारी गरेर प्रहरीलाई यस्ता घटना नदोहोर्याउन सचेत गराएको छ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उक्त घटनाप्रति खेद प्रकट गर्दै स्वतन्त्रपूर्वक समाचार संकलन गर्ने वातावरण बनाउन माग गरेको छ।

साथै जुलुशमा सहभागी तीस दलिय मोर्चाका कार्यकर्ताहरुले पत्रकार महासंघ कास्कीका सल्लाहकार राजबहादुर गुरुङ्गको पोखराको न्युरोडमा पार्किङ्ग गरी राखेको प्राइभेट कारमा तोडफोड गरेका छन्। सल्लाहकार गुरुङका अनुसार रोक्दा रोक्दै पनि आन्दोलनकारीले कारको अघिको सीसा फुटाएका छन्। पत्रकार महासंघ कास्कीले तीस दलिय मोर्चालाई यस्ता घटना नदोहोर्याउन सचेत गराउदै घटनाप्रति खेद प्रकट गरेको छ।





Comments

comments

Leave a Reply

5345