प्रहरीले नै बलात्कारपछि स्वास्थ्यकर्मीको हत्या गरेपछि…

अछाम, चैत १६ – अछामको भैरवस्थान प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) धनवीर सिंह धामीले एक स्वास्थ्यकर्मी महिलाको बलात्कारपछि हत्या गरेका छन्।

रानीवन उपस्वास्थ्य चौकीमा कार्यरत अनमी कलादेवी जैसीलाई प्रहरी निरीक्षक धामीले उनकै घरभित्र पसेर बलात्कार गरी जंगलमा लगेर हत्या गरेका हुन्।

पीडित परिवारका अनुसार असई धामीले ४६ वर्षीया अनमी जैसीमाथि लामो समयदेखि हिंसा गर्दै आइरहेका थिए। असई धामीले गत २८ फागुनको मध्यराति २ बजे जैसीकै घरभित्र प्रवेश गरी जवरजस्ती करणी गरी हत्या गरेको मृतकका छोरा धनन्ज्य न्यौपाने (जैसी)ले बताए।

उनका अनुसार प्रहरी सहायक निरीक्षक धामीले अनमी कलादेवीलाई बलात्कारपछि राति नै लछारपछार गर्दै जंगलतिर लगेका थिए। सोही समयदेखि वेपत्ता भएकी अनमी जैसीको शव १३ दिनपछि भैरवस्थान–३ स्यालघाट भन्ने स्थानमा फेला परेको समाचार आजको राजधानी दैनिकमा छापिएको छ।

मध्यराति आमा बचाऊ भनेर चिच्याउनु भयो। म उठेर जाँदा उसले आइस् भने मारिदिन्छु भन्यो,’ मृतकका छोराले भने,‘अनि म डरले जानँ सकिनँ। त्यसपछि उसले कहाँ लग्यो केही थाहा भएन। खोजी गर्दा एकै पटक शव फेला पर्‍यो।’





Comments

comments

Leave a Reply

5348