ममता पाण्डेले जितिन् ‘मिस नर्स चितवन २०१४’ को ताज

भोला सुवेदी / एचकेनेपाल डट कम –
भरतपुर। स्वास्थ्य संस्थाको क्षेत्रमा क्रियाशिल स्टाफ नर्स, विएसी नर्सिङ्ग, विएन अध्ययनरत छात्राहरु सहभागी भएका “मिस नर्स चितवन २०१४” को समापन भएको छ।

शनिबार चितवनस्थित भरतपुर क्यान्सर अस्पतालको सभा हलमा आयोजना भएको फाईनलबाट “मिस नर्स चितवन २०१४’ को ताज ममता पाण्डेले पाएकी छिन्।

मिस नर्स चितवनको अडिसनमा भाग लिनकै लागि अस्पतालमा कार्यरत हुँदा हुदै अस्पताले अनुमति नदिंदा उनले जागिरबाट नै राजिनमा दिएर अडिसनमा आएकी थिइन्। “मैले सोचेको पनि थिईन म यो ताजको हकदार हुने छु भनेर, तर आज मैले नै पाए मेरो यो जिन्दगीको नै सबैभन्दा ठूलो खुशी हो” ममता पाण्डेले भनिन्।

स्ट्रिङ्ग मिडियाको आयोजनामा सम्पन्न भएको “मिस नर्स चितवन २०१४” को जजमेन्ट गर्नको लागि नायिका पन्त शनिबार मात्र चितवन आएकी थिईन्।

चितवन जिल्लाबाट करिब १ सय ७ जना प्रारम्भिक प्रतिस्पर्धीहरु अडिसनमा फाइनल राउण्डका लागि तय भएका थिए। बिजेता ममता पाण्डेले “मिस नर्स चितवन २०१४” को ताजसंगै एक थान सुजुकी स्कुटर, म्यूजिक भिडियो र चलचित्रमा अभिनय गर्ने अवसरसमेत पाएकी छिन्। त्यस्तै प्रथम रनर अप बनिन अन्जुला सुनार र द्वितिय रनर अप रचना पुरीलाई भने क्रमशः नगद रु २५ हजार पुरस्कार, गिफ्ट ह्याम्परका साथै सम्मान रु १५ हजार नगदसहित गिफ्ट ह्याम्पर तथा सम्मान प्रदान गरिएको छ। उनीहरुलाई पनि म्यूजिक भिडियो तथा चलचित्रमासमेत अवसर प्रदान गरिएको आयोजकले बताएको छ। आयोजित फाईनल सोलाई न्युज २४ टेलिभजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। कार्यक्रमका आयोजक सिरस पुडासैनी हुन्।





Comments

comments

536