Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पौडी खेल्ने क्रममा फेवातालमा डुबेर एकको मुत्यु

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम-
पोखरा, ४ साउन। फेवातालमा पौडी खेल्ने क्रममा आईतबार दिउँसो डुबेर एकको मुत्यु भएको छ।

उनीसँगै डुबेका अर्का एक युवालाई प्रहरीले सकुशल उद्धार गरेको छ। प्रहरी निरीक्षक सुन्दर तिवारीका अनुसार काठमाडौंका २४ वर्षीय निखिल शाक्यको तालमा डुबेर मृत्यु भएको बताए।

उनीसँगै डुबेका २४ वर्षीय दीनेश कार्कीलाई प्रहरीले उद्धार गरेको छ। कार्कीलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ।

काठमाडौंबाट घुम्न आएको ६ जनाको समुह आइतबार दिउँसो एकबजे खपौदीस्थित तालमा पौडी खेल्न पुगेका थिए।

पौडी खेल्ने क्रममा उनीहरु डुबेको तिवारीले बताए। शाक्यलाई प्रहरीले डुवेको एक घण्टा पछि तालबाट निकालेको हो। उनको खोजिका लागि सशस्त्र र नेपाल प्रहरीका मोटरबोट संचालन गरेको थियो।





Comments

comments

551