Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

लन्डन अन्तराष्ट्रिय ते क्वान्दोको प्रतियोगिताको तयारी अन्तिम अवस्थामा

विजय थापा / एचकेनेपाल डट कम-
साउन ४, भर्जिनिया। युनिभर्सल युनाईटेड नेपलिज तेक्वान्दो महासघ(युयुएनटिएफ) र युयुएनटिएफ बेलायतको संयुक्त आयोजनामा आउदो जुलाई २४ तारिखमा हुने अन्तर राष्ट्रिय ते​-​क्वान्दोको प्रतियोगिताको तयारी लगभग पूर्ण अवस्थामा हुन लागेको जानकारी महासंघका सचिब कुमार कार्कीले जनाएका छन्।

लन्डनमा संयुक्त रुपमा साधारण सभा हुनुको साथै केन्द्रिय समितिको निर्वाचन हुने जानकारी गराईएको छ। उक्त संयुक्त बैठकले बिधान पारित समेत गरिने जानकारी गराउदै नेपालको ते क्वान्दो विकासको लागि बिशेष कदम चालिने लन्डन उड्नु अगावै अमेरिकाको मिचिगनमा लामो समयदेखि तेक्वान्दो बिद्यालय स्थापना गरेका प्रशिक्षक लव गोर्खालीले बताए।

प्रतियोगिताको लागि ५० वटा प्रतिनिधि सदस्यको साथै विश्वका १४ वटा राष्ट्रबाट खेलाडीहरु प्रतियोगितामा सहभागी हुने बताईएको छ। खेलको लागि सगरमाथा डोजंग (बेलायत), जेन मार्सल आर्ट्स (युके), ज्योति तेक्वान्दो (अमेरिका), एम्बिसन तेक्वान्दो, क्यानाडा, एव्रेस्ट तेक्वान्दो पाठशाला (अष्ट्रेलिया) र मैत्री दोजांग नेपालको प्रायोजनमा हुने छ।





Comments

comments

560