Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कोलोराडोमा समर पिकनिक

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
जुलाई १९। अमेरिकास्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट, एक आपसमा समन्वय तथा सद्भाब बढाउने उद्धेश्यले आयोजना गरिएको समर पिकनिक शनिबार सम्पन्न भयो।

नेपालीघर र रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको संयुक्त आयोजनामा कोलोराडोको नर्थग्लेन सिटीस्थित रमणीय पार्कमा सम्पन्न पिकनिक कार्यक्रममा झण्डै ६ सय भन्दा बढि नेपालीहरुको उपस्थिती रहेको थियो।

बिगतका बर्षहरुमा दुबै संस्थाले छुट्टाछुट्टै गर्ने गरेको समर पिकनिक गतबर्षदेखि दुबै संस्थाले संयुक्त आयोजना गर्न थालेका हुन्। पिकनिकमा विशेष अतिथीको रुपमा मध्य पश्चिम अमेरीकममा रहेका नेपालीहरुको छाता संगठन एन्माका अध्यक्ष गोपेन्द्र भट्टराईको बिशेष उपस्थिती रहेको थियो। उनले विशेष अतिथीको रुपमा संम्बोधन गर्दै यती धेरै नेपाली दाजुभाई, दिदीबहिनीहरु संग चिनाजानी गर्ने मौका पाएकोमा आफुलाई धेरै खुशी लागेको बताए। भट्टराईले आगामी अगष्टमा २९ देखि कोलोराडोमा हुन लागेको एन्मा र नासीयाको दशौं सम्मेलनमा भाग लिन सबैलाई चुलै निम्तो गरे।

बाल बालिका, बृद्ध, बृद्धा, युवा युवती सबै उमेरका ब्यक्तिको उलेख्य उपस्थिती रहेको उक्त कार्यक्रममा नेपाली पहिरन लगाएर आउनेहरुको उपस्थिती भने कम थियो। ठूलो तालको नजिक रमणीय स्थानमा आयोजित कार्यक्रमामा सहभागीहरु एक आपसमा भलाकुसारी गर्दै सुरिलो नेपाली संगीतका साथ रमाई रहेको देख्दा आफूलाई नेपालमै भए जस्तो भान हुन्थ्यो।

कार्यक्रममा सहभागीहरुलाई थप मनोरञ्जनका दिन बाल बालिका, महिला, तथा पुरुष बिच छुट्टाछुट्टै तातो आलु, बोरा दौड तथा डोरी तान्ने खेल प्रतियोगिता आयोजना गरिएको थियो।

कार्यक्रममा आयोजक संस्थाहरुको समन्वयमा सञ्चालन भएको टेबुल टेनिस, लङ टेनिस भलीबल, बास्केटबल प्रतियोगिताका बिजयीहरुलाई एन्माका अध्यक्ष गोपेन्द्र भट्टराई, अमेरिकामा ४० बर्ष अगाडिदेखि बस्दै आएका डा.बिष्णु बहादुर श्रेष्ठ, अन्तराष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम बिश्वकर्मा, नेपाली घरका अध्यक्ष नारायण श्रेष्ठ, रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका पूर्ब अध्यक्ष सुरेन्द्र श्रेष्ठ लगायतका अतिथिहरुबाट ट्रफी, नगद तथा प्रमाण पत्र प्रदान गरिएको थियो।

त्यसैगरी सोही कार्यक्रममा नेपालीघर र रकी माउन्टेन फ्रेन्डस् अफ नेपालले संयूक्तरुपमा आयोजना गरेको नयांबर्ष कार्यक्रममा सहभागी कलाकारहरुलाई रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्यले प्रशंसा पत्र प्रदान गरेका थिए।

सोही समारोहमा ब्लड डोर्नेस अफ अमेरिका, नेपालीघर र रकी माउन्टेन फ्रेन्डस् अफ नेपालद्वारा संयुक्त रुपमा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्नेहरुलाई ब्लड डोर्नेस अफ अमेरीकाका स्टेट कोर्डिनेटर भुषण श्रेष्ठले कदर पत्र प्रदान गरेका थिए।

कार्यक्रमको अन्तमा आयोजक संस्थाका अध्यक्षद्धय नारायण श्रेष्ठ र शरद आचार्यले पिकनिकमा सहभागी सबैलाई धन्यबाद दिदै कोलोराडोमा नेपाली समाज निर्माण गर्न सबैले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न आग्रह गरे।

नेपालीहरुबीच एक आपसमा सद्भाव बढाउन तथा नेपाल र नेपालीको सँस्कृति र पहिचान जोगाई राख्न यस्तो कार्यक्रम आयोजना गरेको बताए।





Comments

comments

556