हङकङ सरकारले बाँड्यो आफ्ना जनतालाई HK$10,000 डलरको दोस्रो ब्याचको उपभोग भाउचर..

एचकेनेपाल डट कम –

हङकङ, ७ अगष्ट । हङकङ सरकारले हङकङवासीलाई दिइने १० हजार हङकङ डलरको दोस्रो ब्याचको इलेक्ट्रोनिक उपभोग भाउचर आज (आइतवार) देखि वितरण शुरु गरेको छ।

हङकङबासीले आज १२ बजे रातिदेखि उपभोग भाउचर ५ हजार हङकङ डलरको पहिलो किस्ता संकलन गर्न पाउंने छन्।

Octopus र Alipay प्रयोगकर्ताले पहिलो किस्ता २ हजार हङकङ डलर संकलन गर्न पाउंने छन्। पहिलो किस्ताको उपभोग भाउचर खर्च गरिसकेपछि बाँकी रकम किस्ताबन्दी रुपमा प्राप्त गर्ने सकिने छ।

Alipay Hong Kong, Octopus, Tap & Go, WeChat Pay HK, BoC Pay र PayMe बाट उपभोग भाउचर सङ्कलन गर्न सकिने छ।

यसअघि, हङकङ सरकारले १० हजार डलरको इलेक्ट्रोनिक उपभोग भाउचरको पहिलो ब्याचको ५ हजार हङकङ डलर वितरण गरिसकेपछि अहिले यो दोस्रो ब्याचअन्तर्गतको पहिलो किस्ता वितरण गरिएको हो।

१८ वर्ष उमेर पुगेका हङकङका स्थायी बासिन्दाहरूले यो रकम प्राप्त गर्न सक्छन्। हङकङ सरकारले यहाँ बस्ने नेपालीसहित करिब ६३ लाख ६० हजार हङकङबासीलाई यो भाउचर वितरण गरिएको हो।





Comments

comments

54931