लन्डन । बेलायती राजगद्दीका उत्तराधिकारी राजकुमार चाल्र्सले सेप्टेम्बर ११ का नाइके ओसामा बिन लादेनको परिवारबाट आफ्नो परोपकारी ट्रस्टलाई १ मिलियन पाउन्ड दान स्वीकार गरेपछि विवादमा तानिएका छन्।
दान स्वीकार गरेसँगै ७३ वर्षीय राजकुमारको परोपकारी संस्थाले गल्ती गरेको आरोप लागेको छ।
सल्लाहकारले दान नलिन सुझाव दिए पनि चाल्र्सले बकर बिन लादेन र उनका भाइ साफिकबाट शफिक चन्दा लिएका थिए । ती दुबै जना ओसामा बिन लादेनका सौतेला भाइ हुन्।
सन् २०१३ मा लन्डनको क्लेरेन्स हाउसमा ७६ वर्षीय बकरसँगको भेटपछि ७३ वर्षीय चाल्र्सले प्रिन्स अफ वेल्स च्यारिटेबल फण्ड –(पीडब्लूसीएफ)लाई चन्दा लिन सहमति जनाएका थिए। उक्त विषयमा ट्रस्ट र उनको कार्यालयका सल्लाहकारले आपत्ति जनाएका थिए।
पीडब्लूसीएफका अध्यक्ष इयान चेसााइरले उक्त चन्दा लिन त्यसबेला पाँच ट्रस्टीहरूले सहमति जनाएका थिए। -एजेन्सी
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)