एचकेनेपाल डट कम सम्वाददाता –
काठमाडौं, ५ वैशाख। हिडेन ट्रेजरले शनिवार राजधानीको होटल अन्नपूर्णमा आयोजना गरेको मिस नेपाल २०१५ सौन्दर्य प्रतियोगिताको उपाधि इभाना मानन्धरले हात पारेकी छन्।

प्रतियोगितामा १८ युवतीलाई पछि पार्दै मानन्धरले मिस वर्ल्ड नेपाल २०१५ को उपाधिसहित एकलाख रुपैंया पुरस्कार पाइन्। न्यूरोडको भोटेबाहल निबासी २३ वर्षीया मानन्धर केही समयअघि मात्र अमेरिकाबाट नेपाल फर्केकी हुन्। उनलाई मिस नेपाल २०१४ सुबिन लिम्बूले मिस नेपालको ताज लगाइदिइन्।

मिस नेपाल प्रतियोगितामा फस्टरनरअप भएकी दिब्यता वैद्यले मिस नेपाल अर्थको उपाधिसहित ६० हजार र सेकेण्ड रनरअप भएकी मेधा कोइरालाले मिस नेपाल इन्टरनेसनलको उपाधि सहित ४० हजार नगद पुरस्कार प्राप्त गरे।


कसले के पाए?
मिस नेपालःइभाना मानन्धर
फस्ट रनरअपःदिब्यता वैद्य
सेकेन्ड रनरअपः मेधा कोइराला
मिस ट्यालेन्टः पूजा श्रेष्ठ
मिस गस गर्लः इभाना मानन्धर
मिस बब्लीः निश्मा चौधरी
मिस फोटोजेनिकः दिव्यता वैद्य
मिस पपुलरः नुनिङ लिम्बु
स्कलर अफ द इयरःसुदीपा पाठक
बेस्ट कम्प्लेक्सनः निश्मा चौधरी
मिस इन्टेलेक्चुअलः इभाना मानन्धर
मिस फ्रेन्डसिपः सोनु थापा मगर
मिस पर्सनालिटीः इभाना मानन्धर
ब्युटी विद् पर्पजः रेबिका क्षेत्री


