आफ्नो सेक्स भिडियो इन्टरनेटमा भेटिएपछि किशोरीद्वारा आत्महत्या

लण्डन– भारत उडिसा राज्यको कटक जिल्लामा १६ वर्षकी एक किशोरीले आफ्नो सेक्स भिडियो इन्टरनेटमा सार्वजनिक भएपछि आत्महत्या गरेकी छन्।

बालिआपदा गाउँकी ती किशोरीले हालै म्याट्रिक परीक्षा दिएकी थिइन्। किशोरीका बुबाको तर्फबाट प्रहरीमा दर्ता गराइएको उजुरीअनुसार उनको एक छिमेकीले किशोरी नुहाएको समयको एक भिडियो बनाएका थिए। उक्त भिडियो देखाएर किशोरीलाई आफूसँग यौन सम्पर्क गर्न बाध्य बनाएको र यौन सम्पर्कको भिडियो खिचेर पोर्न साईटमा सार्वजनिक गरिदिएका थिए।

भिडियोका विषयमा थाहा पाएपछि किशोरीका बुबाले किशोरीलाई सोधपुछ गरेका थिए। पछि किशोरीले सामाजिक लाज र इज्यत जाने डरले आत्महत्या गरिन्। मुद्दा दर्ता भएपछि अभियुक्त कमलाकांत र उनका परिवारका सदस्यहरु फरार भएका छन्। पोर्न भिडियो बनाउने अभियुक्त कमलाकांत १२ कक्षामा पढ्ने किशोर हुन्।

यस मुद्दाको अनुसन्धान गरिरहेको नेमाल थानाका एएसआई जयश्री ओझाका अनुसार प्रहरीले अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान गरिरहेको समाचार नागरिक अनलाइनमा छ। पोष्टमार्टम रिपोर्ट आएपछि प्रहरीले कारवाही अघि बढाउने बताइएको छ।

स्थानीयका अनुसार किशोरीले आत्महत्या गर्नुअघि भिडियोको घटना बाहिर आएपछि गाउँका बुद्धिजीवी भनिनेहरुले आपसमा बसेर छलफल गरी मुद्दा सल्झाउने प्रयास पनि गरेका थिए। उक्त बैठकमा किशोरीका बुबाले अभियुक्तका साथ आफ्नी छोरीको विवाहको प्रस्ताव राखे। तर, अभियुक्त किशोरका बुबाले उक्त प्रस्तावलाई अस्वीकार गरेका थिए। आफ्नो विवाह अस्वीकार भएको र बेइज्यत पनि भएको विषयबाट असह्यै पीडाबोध गरेकी किशोरीले बैठक बसेको ४ घण्टापछि बुधबार राति बिष सेवन गरेर आत्महत्या गरेकी थिइन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

5786