Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई यसरी गरियो अन्तिम बिदाई

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, बैशाख ४– पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको शुक्रवार साँझ पशुपति आर्यघाटमा अन्तिम विदाई गरिएको छ।

थापाको राजकीय सम्मानका साथ आर्यघाटमा दाहसंस्कार गरिएको हो। उनको पार्थिव शरीरमा छोरा एवं वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल थापाले दागबती दिए।

यसअघि, प्रधानमन्त्री सुशील कोइरालाले रंगशाला पुगेर थापाप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए। त्यस्तै विभिन्न पार्टीका नेता तथा कार्यकर्ता बिहान थापा निवास मालीगाउँ र राप्रप्रा पार्टी कार्यालय चाबहिल पुगेर उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए।

मन्त्रिपरिषदको बिहीबार बसेको आकस्मिक बैठकले उनको शोकमा शुक्रबार सार्वजनिक विदा, सरकारी कार्यालय तथा कुटनीतिक नियोगमा एक दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो।

थापाको पार्थिव शरीर विहीबार साँझ भारतीय एयर फोर्सको विशेष विमानबाट काठमाडौं ल्याइएको थियो। अन्तिम संस्कारको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री बुद्धिमान तामाङको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो। सरकारको तर्फबाट सचिव नारायण गोपाल मलेगु र परिवारका तर्फबाट नाति सिद्धार्थ थापा समितिका सदस्य थिए।

थापाको उपचारको क्रममा भारतको मेदान्त अस्पतालमा बुधवार राति ८८ वर्षको उमेरमा निधन भएको थियो। राप्रपाका संस्थापक अध्यक्षसमेत रहेका थापाको आन्द्राको सफल सल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेका थिए। तर, बुधबार साँझ अचानक स्वासप्रस्वासमा समस्या बढेपछि थापालाई भेन्टिलेटरमा राखिएको थियो। उनको उपचारको क्रममा बुधबार राति नै १०: ४४ बजे निधन भएको थियो।

धनकुटाको मुगामा जन्मिएका थापा ५ पटक नेपालका प्रधानमन्त्री बनेका थिए। २०१५ सालमा राजा महेन्द्रले संसदको निर्वाचन घोषणा गरेपछि गठित सल्लाहकारसभामा थापा अध्यक्ष थिए भने पछिल्लो पटक शाही कालमा प्रधानमन्त्री भएका थिए।





Comments

comments

Leave a Reply

5729