सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमा कसले के भने?

सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमा कसले के भने?

तपाईका विचार र अभिव्यक्तिहरू कहिलेकाही गुलाबका फूल जस्ता कोमल र कहिलेकाँही तरवारभन्दा पनि शक्तिशाली हुन सक्छन्। मननयोग्य तथा समय सान्दर्भिक विचारहरूले तपाई हामीलाई उर्जा र उत्प्रेरणामात्र दिदैनन्, विसंगतिहरू त्याग्न र सुधारोन्मुख हुन पनि अभिप्रेरित गर्न सक्छन्। त्यसैले हामीले सामाजिक सञ्जालहरूमा अभिव्यक्त विचारहरू यहाँ पस्कने प्रयाश गरेका छौं।

ॠषि सापकोटाः ५ पटक नेपाली राजनीतिको टाउकामा टेक्ने व्यक्तिले स्वदेशमा एउटा राम्रो उपचार हुने अस्पताल नबनाएर परदेशमा परलोक हुनपर्यो।

जुङ्गे साप: शोक दिवसमा मनाएर मरिसकेका थापा ब्युँतिदैनन्, बरू उपचारमा तदारूकता देखाएर बाँच्न चाहिरहेका जाजरकोटे बासिन्दालाई बचाउ सरकार।

Dambar Kr. Shrestha: पूर्व पीएम भएकाले सूबथालाई राष्ट्र सम्मान दिईएको हो भने सरकारलाई सोध्न मन लाग्यो के मरिचमान पूर्व पीएम थिएनन ? उनी मर्दा यो नियम कता थियो?

Narayan Amrit: कुनै पनि नागरिकले बेलैमा उपचार नपाएर मर्छ भने त्यो मृत्यु भन्दा बढि हत्या हो। राज्यले गर्ने हत्या। जाजरकोटमा भइरहेको हत्या रोक सरकार।

अार्यों: सुको सर्खार जाजरकोट खर्लप्पै भैसक्यो लाचारीपन को हद हुन्छ आफू बिरामी हुदा करोडौ खर्चेको बिर्सेउ अब लाख भए पनि जनताको लागि खर्च गर।

rosan: सरकारलाई जाजरकाेटकाे चिठी- हे सरकार सक्छाै भने अाैषधी ल्याउ नत्र लाश गन्न मात्र नअाउ। निरीक्षण गर्न नेता टाेली हाेइन अाैषधीकाे गाेली पठाउ।

स्वेच्छा: जनता मर्दा सरकार बैठक बस्छ र निर्णय बिहिन बन्छ,नेता मर्दा मौन धारण गर्छ र बिदा घोषणा हुन्छ, जाजरकोटलाई आराम गर्न बिदा हैन उपचार चाहिएको छ।

Rabindra Mishra: नेताजीहरूलाई आग्रह: देशकै स्वास्थ्यसेवा सुधार्नोस्। नत्र विदेशमा देह त्यागी विदेशी विमानमा शब नेपाल भित्रिने सूचीमा तपाईंको नाम पनि थपिन सक्छ।

जयसिंह महरा: उपचार पाओस् कसरी? राज्य औषधि खच्चरमा र डा. रात्रीबसमा पठाउछ, नेतालाई हेलीमा। राज्य उपेक्षाको सीमा नाघेकोछ जाजरकोटमा।

Aviator: सोझो अनि शान्त व्यक्तिको रिस खतरनाक हुन्छ किनकि जब एउटा सुन्दर ऐना टुट्छ तब त्यो पनि हतियार बनि दिन्छ…

क्षितिज™: सुको को रोग दुख्यो, सुबथा को शोक दुख्यो तर अहं जाजरकोट कहिल्यै दुखेन। कठै मेरो सरकार।

परदेशीB: चीनले सगरमाथा छेडेर तिब्बतबाट नेपालसम्म रेल ल्याउने भएपछि भारत चिन्ता ग्रस्त छ! यतिखेर बुद्ध भारतको हो भनेर मोदी बरबराउनु स्वभाविक हो!

द्रष्टव्यः यहाँ तपाईका अभिव्यक्ति प्रकाशन गर्नका लागि हामीलाई @pashan वा @hknepal मा फलो गरेर मेन्सन गर्न सक्नु हुन्छ। त्यस्तै हाम्रो फेसबुक पृष्ठमा हामीलाई लाईक गर्न सक्नुहुन्छ।





Comments

comments

Leave a Reply

5760