एमालेले मोस्ट वान्टेडलाई संरक्षण दिएपछि…

जनकपुर, वैशाख ४ – दुई जनाको हत्या अभियोगमा प्रहरीद्वारा सर्वाधिक खोजी सूचीमा राखिएका योगनारायण यादवलाई एमालेले संरक्षण दिएको आरोप लागिरहेका बेला सोही पार्टीका एक जिम्मेवार नेताले उक्त आरोपको पुष्टि गरेका छन्।

प्रहरीले खोज्दा फेला नपरेका वैकल्पिक पोलिटव्युरो सदस्य योगनारायण पार्टीकै सम्पर्कमा रहेको एमाले धनुषा इन्चार्जले बताएका छन्।

प्रहरीले योगनारायणलाई एक महिनादेखि खोज्दा भेट्न नसकेकै बेला एमाले धनुषाद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य श्रीप्रसाद साहले प्रहरीको अनुसन्धानमाथि आफूहरुको विश्वास नरहेको बताए। ‘प्रहरीमाथि हामीलाई भरोसा छैन, त्यसैले योगनारायणलाई प्रहरीसमक्ष आउन नदिएका हौं। मुद्दा अदालतमा दर्ता भएपछि उहाँ आफैं आउनुहुन्छ।’

चैत ८ गते धनुषाको सबैंला बजारस्थित मदन–आश्रित निमाविको व्यवस्थापन समितिबारे विवादमा झडप हुँदा रामसेवक राउत गडेरीको मृत्यु भएको थियो। सोही दिन राति स्थानीय रामप्रकास यादवको गोली हानी हत्या गरिएको थियो। यी दुवै घटनामा योगनारायणका हात रहेको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता भएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ।





Comments

comments

Leave a Reply

5666