हङकङमा कोरोनाबाट २४ घण्टाभित्र २३ जनाको मृत्यु, ७,३२२ नयाँ संक्रमित केस थपिए..

एचकेनेपाल डट कम –

हङकङ, १८ सेप्टेम्बर । हङकङमा २४ घण्टाभित्र २३ जना कोरोना संक्रमित विरामीको मृत्यु भएको स्वास्थ्य सुरक्षा केन्द्रले जानकारी दिएको छ।

त्यस्तै, कोरोना भाइरसबाट थप ७,३२२ जना सङ्क्रमित भएका छन्।

–

स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार आज ७१९० स्थानीय र १३२ आयातित गरी कुल ७,३२२ संक्रमित केसहरु थपिएका छन्।

आयात १३२ केसमध्ये ४९ जना विमानस्थलमा र ३४ जना तोकिएका क्वारेन्टिन होटल वा सामुदायिक आइसोलेसन सुविधामा आइपुगेको पहिलो दिनदेखि तेस्रो दिनमा भेटिएका रहेका छन्।

आयातितमध्ये बेलायत, अमेरिका, थाइल्याण्ड र भारत लगायत ४ देशबाट आएका क्रमशः १० भन्दा बढी केसहरू रेकर्ड गरिएको छ।

अस्पताल प्राधिकरणका डा. सारा होले आज थप २३ जना विरामीको मृत्यु भएको जानकारी दिएकी छन्। मृत्यु हुनेहरुमा ५८-९४ वर्ष उमेरबीचका १८ पुरुष र ५ महिला छन्। तीमध्ये १७ जनाले ३ वटा खोप लिएका थिएनन्।

हङकङमा कोभिड-१९ बाट मृत्यु भएको कुल संख्या ९,६७८ पुगेको जनाइएको छ।





Comments

comments

57865