हङकङमा कोरोनाबाट २४ घण्टाभित्र २३ जनाको मृत्यु, ७,३२२ नयाँ संक्रमित केस थपिए..

एचकेनेपाल डट कम –

हङकङ, १८ सेप्टेम्बर । हङकङमा २४ घण्टाभित्र २३ जना कोरोना संक्रमित विरामीको मृत्यु भएको स्वास्थ्य सुरक्षा केन्द्रले जानकारी दिएको छ।

त्यस्तै, कोरोना भाइरसबाट थप ७,३२२ जना सङ्क्रमित भएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार आज ७१९० स्थानीय र १३२ आयातित गरी कुल ७,३२२ संक्रमित केसहरु थपिएका छन्।

आयात १३२ केसमध्ये ४९ जना विमानस्थलमा र ३४ जना तोकिएका क्वारेन्टिन होटल वा सामुदायिक आइसोलेसन सुविधामा आइपुगेको पहिलो दिनदेखि तेस्रो दिनमा भेटिएका रहेका छन्।

आयातितमध्ये बेलायत, अमेरिका, थाइल्याण्ड र भारत लगायत ४ देशबाट आएका क्रमशः १० भन्दा बढी केसहरू रेकर्ड गरिएको छ।

अस्पताल प्राधिकरणका डा. सारा होले आज थप २३ जना विरामीको मृत्यु भएको जानकारी दिएकी छन्। मृत्यु हुनेहरुमा ५८-९४ वर्ष उमेरबीचका १८ पुरुष र ५ महिला छन्। तीमध्ये १७ जनाले ३ वटा खोप लिएका थिएनन्।

हङकङमा कोभिड-१९ बाट मृत्यु भएको कुल संख्या ९,६७८ पुगेको जनाइएको छ।





Comments

comments

57865