आकाशमा दुई विमान ठोक्किदा तीन जनाको मृत्यु..

संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा दुई वटा साना विमान आकाशमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ।

-

शनिबार भएको उक्त दुर्घटनाको वोल्डर काउन्टी शेरिफको कार्यालयले पुष्टि गरेको छ।

बेग्लाबेग्लै स्थानमा विमानका भग्नावशेष भेटिएका काउन्टी शेरिफको कार्यालयले बताएको छ। एउटा विमानमा दुई जना र अर्कोमा एक जनामात्र सवार थिए।

युएस नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले दुर्घटनाको अनुसन्धान थालिएको जनाएको छ।

रासस/सिन्ह्वा





Comments

comments

57851