कोलोराडोको बनभोजमा फेवातालको सम्झना

विजय थापा / एचकेनेपाल डट कम-
भर्जिनिया। नेपालमा जाडो महिनाको शुरुवातसंगै बनभोजको चहल पहल हुन्छ भने अमेरिकामा जाडो महिनामा ज्यादा हिमपात र चिसो मौसमको कारण ग्रिष्म कालिन वनभोजको आयोजना नेपाली समुदायले गर्ने गर्दछ।

ग्रिष्म कालिन वनभोज कार्यक्रमलाई निरन्तरता दिदै यस बर्षको वनभोज गत शनिबार कोलोराडोमा स्थापना भएका दुई सामाजिक संस्था रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल तथा नेपाली घरको सयुक्त आयोजना ग्रिष्म ऋतुको शुभ अवसरमा भब्य वनभोज कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ।

बनभोज कार्यक्रममा नेपाली समुदायका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो भने उक्त कार्यक्रमको लागि अन्य अतिथिहरुलाई निम्त्याईएको टिका पौडेल बताउछन्। यस पालिको वनभोज आमन्त्रित भएका नेपाली समुदायले वनभोज स्थल पोखराको फेवाताललाई बिर्साउने तालको किनारामा मनाईएकोले फेवाताल मै गै वनभोज कार्यक्रम गरेको पौडेल बताउछन्। यसले मातृभूमिको झझल्को ल्याएको र अधिकांश नेपाली समुदायले फेवातालको स्मरण गरेको बताए।

बनभोजको साथै दिन भरिसम्म चलेको कार्यक्रम वनभोजलाई अझ रोचक बनाउन बिभिन्न्न खेल तथा मनोरंजन कार्यक्रमको आयोजना गरिएको थियो। भलिबल, बास्केट बल, टेबल टेनिस आदि खेलहरु कार्यक्रममा समाबेश गरिएको थियो भने सहभागी भएका खेलाडीहरुलाई पदक तथा तथा प्रमाणपत्र पनि वितरण गरिएको थियो।





Comments

comments

579