Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बोष्टनमा सिर्जना उत्सवको चौबिसौ ऋंखला

समाचार प्रतिनिधि / एचकेनेपाल डट कम-
बोष्टनमा आइतबार सिर्जना उत्सवको २४ औ साहित्यिक ऋंखला सम्पन्न भएको छ।

कार्यक्रममा बिभिन्न कविहरूले गीत, गज़ल, कविता प्रस्तुत गरेका थिए। बोष्टनको क्याम्ब्रिजमा आयोजित उक्त कार्यक्रममा हरि थापा, दीपा पुन राई, दिनेश राजभण्डारी, गोवर्धन पूजा, लालगोपाल सुबेदी, एलबि एर, ममता कार्मचार्य, राधिका नेपाललगायतले समसयामिक सिर्जना सुनाए।

आशुलक्ष्मी राजभण्डारी तथा दिनेश राजभण्डारीको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा ज्ञानप्रकाश शर्मा, अनुप नेपाल, कुशल श्रेष्ठ, सुष्मा श्रेष्ठ नेपाल, मोनिका बज्राचार्य कार्की, भैरवी थापा लगायतले पनि सिर्जना वाचन तथा मन्तव्य व्यक्त गरे। कार्यक्रम साहित्यकार गोवर्धन पूजाको सभापतित्वमा सम्पन्न भएको थियो।





Comments

comments

581