अमेरिकाबाट सस्तो फोन: आईबीओप्रति नेपालीको मन

विजय थापा / एचकेनेपाल डट कम-
सनफ्रान्सिस्को। अमेरिकामा रहेका नेपालीले सस्तो शुल्कमा नेपालमा टेलिफोन सम्पर्क गर्न आईबीओ सदस्य संख्या बढाउनुपर्ने भएको छ।

क्यालिफोर्नियाको सनफ्रान्सिस्को क्षेत्रका लागि नेपाली पर्यटनदूत अनिल पाण्डेका अनुसार आईबीओ सेवा प्रदायकले आईबीओमा कम्तीमा ५ सय नेपाली सदस्य भएमा निकै सस्तो शुल्कमा अन्तर्देशीय टेलिफोन सेवा नेपालका लागि पनि उपलव्ध हुने वातावरण तयार हुने जानकारी गराएपछि नेपालीमा यसको ग्राहक बन्ने उत्साह बढेको हो।

“आईबीओ सेवामा गएका विश्वका अधिकांश मुलुकका नागरिकले सस्तो शुल्कमा आईएसटडी सेवा पाइरहेका छन्, सार्ककै सदस्य बंगलादेशले पनि हालै आईबीओ सेवाका लागि स्वीकृति प्रदान गरिसकेको छ, तर नेपाल सरकारले रेमिट्यान्सका स्रोत तीसौं लाख नागरिकका लागि यति जाबो सेवा दिन पनि कञ्जुस्याइँ गरिरहेको छ” विगत झन्डै तीन दशकदेखि अमेरिकामा वसोबास गर्दै आएका पाण्डेले भन्नुभयो।

आईबीओ अर्थात इण्डिपेण्डेन्ट बिजनेस अनर अत्यन्त न्यून शुल्कमा अन्तरर्देशीय दूरभाष सुविधा हो। इन्टरनेटको सुविधा लिनसक्ने सम्पन्न वर्गका लागि भाइबर, स्काइपआदि सुविधा सहज भएपनि सर्वसाधारणका लागि आईबीओ मात्र सुलभ हुन्छ।

बिश्वका करिब ८० मुलुकले सुविधा लिईरहेको सेवा नेपालीलाई दिलाउन अमेरिका–नेपालबीच सस्तो सेलफोन सुरु गरौं भनेर कोसिश गरेको तर नेपाल सरकारले आजसम्म यसको महत्व पहिचान गर्न नसकेको टिप्पणी पाण्डेको छ। दक्षिण एसियाली मुलुकमा केबल नेपाल र पाकिस्तान मात्र यस्ता मुलुक हुन्, जसले आफ्ना नागरिकलाई आर्इबीओ सेवा दिन आनाकानी गरिरहेका छन्।

“हाल अमेरिकामा आईबीओ प्रयोग गर्दै मासिक ४७ डलरमा असीमित सेवा प्राप्त गर्नसकिने प्रावधान प्रयोगमा छ। परम्परागत माध्यमबाट यही सुविधा लिनका लागि मासिक ९० डलर तिर्नेहरु पनि छन्” मदरल्याण्ड नेपालका संस्थापक अध्यक्ष पनि रहेका पाण्डेले केही समयअघि आईबीओ सम्मेलनमा सहभागी भएर आएपछि आईबीओ सेवामा सहभागी हुन नेपाली समुदायमा अभियान नै चलाएको जानकारी दिनु भयो।

क्यालिफोर्नियाको स्यानहोजेमा भएको यस सम्मेलनमा सहभागी व्यक्तिहरु एसियन कम्पनीका सदस्य हुन्। २१ वर्षदेखि यस प्रकारको सेवा प्रदान गर्दै आएको एसिएनले २४ देशमा कार्यालय खडागरेर सेबा पुर्याइरहेको छ।
​ ​
आईबीओ सञ्जाल ब्यापारमा रहेका तीस हजार सदस्यहरु सम्मेलनमा सरिक भएको जानकारी गराउँदै पाण्डेले भन्नुभयो, बिप्रेषणबाट अर्थ तन्त्र चलाइरहेको नेपाल सरकारले नेपाली समुदायका लागि यति पनि नसोच्नु कृतघ्नता हो, तर पाँच सय सदस्य बनेपछि उसलाई दबाब बढ्नेछ।

“रातको समयमा मात्र यो सेवा प्रदान गर्ने हो भने पनि त विदेशमा रहेका नेपालीले नेपालमा रहेका आफन्तसँग धित मर्नेगरि कुरा गर्ने अवसर पाउने थिए” पाण्डेको भनाइ छ।





Comments

comments

583